२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा टप ग्लोव्सका केहि कारखाना केहि समयका लागि बन्द हुँदै

२०७७, ८ मंसिर सोमबार १५:१६

मंसिर ८, मङ्सिर । विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी मलेसियाको टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् । सो कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि ति कारखानाहरु केहि समयका लागि बन्द गर्न लागिएको हो ।

बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार कम्पनीका उच्च अधिकारीले यसका बारेमा सोमवार जानकारी दिएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण ऐतिहासिक रुपमा धेरै नाफा कमाइरहेको सो कम्पनीका केहि कारखाना ठूलो संख्यामा श्रमिकहरुलाई कोभिड देखिएपछि बन्द गर्नुपरेको हो ।

समाचार अनुसार तत्काल २८ वटा कारखाना बन्द हुने भएका छन् । ति कारखानामा काम गर्ने ५ हजार ७ सय ६७ जनाको परीक्षण गर्दा २ हजार ४ सय ५३ जना श्रमिकलाई कोभिड १९ को संक्रमण देखिएको मलेसियाको स्वास्थ्य महानिर्देशक नुर हिसाम अव्दुल्लाले जानकारी दिएका हुन् ।

कोभिड संक्रमण देखिएका सवैलाई अस्पताल भर्ना गरिएको तथा उनीहरुको सम्पर्कमा रहेकाहरुलाई क्वारेण्टीनमा राखिएको जनाएको छ । यसरी संक्रमण देखिएका मध्ये २ हजार ३ सय ६० जना विदेशी श्रमिक रहेको बताइएको छ । बाँकी मलेसियन नागरिक हुन् । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै केहि समयका लागि ति कारखाना बन्द गरिने भएको सरकारी अधिकारीलाई उधृत गर्दै रोयटर्सले समाचार लेखेको छ । कारखाना बन्द गरेर थप परीक्षण गर्ने योजना छ । तर कुन मितिदेखि ति कारखाना बन्द हुन्छन् भन्ने मिति खुलाइएको छैन ।

टप ग्लोव्स कम्पनीले गत बुधवार देखि नै आफ्ना १६ वटा कारखानाले तत्काल उत्पादन बन्द गरिसकेको जनाएको छ । थप १२ वटाले सिमित रुपमा काम जारी राखेको जनाइएको छ ।

मलेसिया विश्वमै सप्लाई हुने मेडिकल ग्लोव्सको ठूलो उत्पादक तथा निर्यातक मुलुक हो । मलेसियाका ग्लोव्स कम्पनीहरुले विदेशी श्रमिकलाई आर्थिक शोषण गरेको समाचार सार्वजनिक भएपछि दवावमा परेका ति कम्पनीहरु मध्ये केहिले हाल विदेशी श्रमिकले यसअगाडी भर्ना प्रकृयामा तिरेको रकम किस्तावन्दीमा फिर्ता गरिरहेका छन् । यसरी रकम फिर्ता गर्ने कम्पनीहरु मध्ये टप ग्लोव्स पनि एक हो । सो कम्पनीमा ठूलो संख्यामा नेपाली श्रमिक पनि काम गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण