साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

इन्डोर कामका लागि कतार गएका नेपाली युबक सडकमा यसरि रुँदैछन् (भिडियोसहित)

१७ श्रावण २०७३, सोमबार ११:२२

साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको मुलाबारी घर भएका उपेन्द्र यादवको दर्दनाक भिडियो खिचेर फेसबुकमा पोष्ट गरे । भिडियोमा उनी आफ्नो शरीरमा आएको एलर्जी देखाएर रुँदै गरेको देखिन्छ ।

उनी नेपालीहरु देख्नासाथ रुँदै सहयोगका लागि याचना गर्न आइपुगेको विनोदले कतारबाटै टेलिफोनमा बताए । भिडियोमा पनि सहयोग माग्ने क्रममा आँशु रोक्न नसकेको देखिन्छ ।

‘मलाई देख्नेबित्तिकै उनी ठूलो अपेक्षासहित रुँदै सहयोग माग्न आए,’ पौडेलले भने, ‘सहयोग गर्न नसकेपनि फेसबुकमार्फत सरकारसमक्ष उनको पीडा पुर्‍याउँछु भनेर भिडियो बनाएको हुँ ।’

को हुन् उपेन्द्र ?

उपेन्द्र १० दिन अघि मात्रै कतार पुगेका हुन् । उनलाई क्लीनरका लागि इन्डोर काम गर्ने भन्दै गौशालास्थित प्रतिज्ञा म्यानपावरले विदेश पठाएको हो । तर, उनी विदेश पुग्नासाथ बिरामी परे । उनको शरीर भरि फोका नै फोका आएका छन् ।

एलर्जी जस्तो देखिने फोकाहरु पाकेका छन् । तर, पनि कम्पनीले उनलाई उपचार गर्नुको साटो बाहरि साइटको काममा खटाएको छ । उनी साइट आसपास आउने सबै नेपालीसँग रुँदै सहयोग मागिरहेका छन् ।

म्यानपावरले फोन उठाएन

निर्माण क्षेत्रमा काम गर्न पुगेका उपेन्द्रलाई कतारको चर्को गर्मीले समस्या भएको छ । उनले कि आफूलाई नेपाल फर्काउन वा उपचार गरेर इन्डोर काममा लगाउन अपिल गरेका छन् ।

तर, उपेन्द्रलाई पठाउने म्यानपावरलाई उनले आफ्नो समस्या सुनाउन पाएका छैनन् । किनभने उनलाई विदेश पठाउने म्यानपावर र दलालले उनको फोन नै उठाएका छैनन् । उनलाई विदेश पठाउने उनकै गाउँका प्रदिपकुमार सिंह हुन् ।तर, उनले आफूलाई ‘प्रदीपकुमार राय’ भनेर चिनाउँछन् ।


प्रदीपलाई हामीले सम्पर्क गर्दा आफूले उपेन्द्रलाई विदेश पठाएको स्वीकार गरे । यादवले आफू प्रतिज्ञा म्यानपावरमार्फत् कतार आएको बताए पनि उनलाई विदेश पठाउने प्रदीपले भने डिलक्स म्यानपावरमार्फत पठाइएको बताएका छन् ।

आफ्नो घर र उपेन्द्रको घरसँगै भएकाले आफूले यादवलाई उपचारमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । स्रोत: अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार