२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृतिको लागि म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा अनलाईनबाटै भुक्त्तानी गर्न सकिने

२०७७, १७ मंसिर बुधबार ०५:००

मङ्सिर १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ  ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युत्तीय माध्यमवाट समेत भुक्तानी गर्न सकिने जनाएको छ । 

भुक्तानी सेवा प्रदायक संस्थाहरु ईसेवा फोन पे प्रा.लि, स्प्यारो पे प्रा.लि.बाट  म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन मार्फत नै भुक्त्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाईन वीमा जारी हुने विभागले जनाएको छ ।   

उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी