२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु

१९ मंसिर २०७७, शुक्रबार ०३:४२

मङ्सिर १९,काठमाडौं | नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ । 

कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले अपईन्टमेन्ट बुकिंगको कार्य सुरु गरेको जनाएको छ । सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ 'कतार भिसा सेन्टरले कुनै किसिमको रोजगारी प्रस्ताव गर्दैन । कतार भिसा सेन्टरको भूमिका भनेको भिसा स्विकृती गर्नको लागी आवस्यक कानुनी सेवा प्रदान गर्नु मात्र हो । तर पनि बाहिरी एजेन्ट र कतार भिसा सेन्टरका प्रतिनिधिहरुबाट हुनसक्ने कपट्पूर्ण र काल्पनिक रोजगारिको प्रस्ताबहरुप्रती सावधान हुनुहोला ।' 

पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने  एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ । 

तस्वीर: अनिल अधिकारी | सास

कतार भिषा सेन्टर काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको छ । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिँदै आएको छ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउछन् ।

यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुन्छन् । नेपालमा भिषा सेन्टर हुनुअघि माथिका सबै काम कतारमा हुने गर्थे। अहिले यी सबै काम नेपालबाट पूरा हुन्छन्, जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने वयवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो