२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषाको धन्दा: एकै दिन ४ म्यानपावर र ट्राभलमा छापा (भिडियो सहित)

२०७७, २० मंसिर शनिबार ०३:५६

मनोज पराजुली | मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगार विभागमा शुक्रबार एउटा सूचना पुग्यो, केहि म्यानपावर कम्पनीले रोजगारीको लागि भिजिट भिसामा युएई पठाउन लागेका छन् आवश्यक कारवाही गर्नुपर्यो । जब विभागमै त्यस्तो सूचना पुग्यो, विभागका महानिर्देशक कुमार दहालले तत्काल म्यानपावरमा आकष्मिक अनुगमन टोली खटाए । 

सोहि क्रममा वैदेशिक रोजगारीको लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पुर्व सूचनाका आधारमा विभागको अनुगमन अधिकृत कुशल बराल सहितको टोली स्काई अफ द वर्ल्ड म्यानपावर प्रा. लि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि., सुर्खेत ओभरसिज प्रा.लि, स्काई ब्लु इन्टरनेशनल ओभरसीस प्रा.लि र मल्टिपल ट्राभल एण्ड टुर्स प्रा.लिमा आकष्मिक अनुगमन भयो । 

भिडियो अन्तिममा छ…

जब विभागको टोली एएरपोर्ट म्यानपावर बजारमा रहेको स्काई अफ द वर्ल्ड म्यानपावर पुग्यो । म्यानपावर संचालिका राधा केशी सहित २ जना कर्मचारी भेटिए ।


विभाग टोलीले आकष्मिक अनुगमनमा आएको भन्दै युएई भिजिट भिसाका लागि संकलन गरिएका आवश्यक कागजात सहित पासपोर्ट उपलब्ध गराउन अनुरोध गर्यो । विभागले मागेका आवश्यक कागजात सहित पासपोर्ट पनि भेटिए तर भिजिट भिसाको काम आफ्नो कम्पनीले नगरेको भन्दै स्काई म्यानपावरकि संचालिका राधा केशीले आफूहरुले मलेसिया र बहराइनको लागि मात्र श्रमिक पठाउने गरेको बताइन् । सो पश्च्यात विभाग टोलीले थप अनुसन्धानका लागि पासपोर्ट, कम्प्युटर लगायत आवश्यक कागजात नियन्त्रणमा लियो ।


विभागको अनुगमन टोली स्काईमा अनुगमन पछि सिनामंगलमै रहेको इम्पावर ह्युमनमा छिर्यो । उक्त म्यानपावरमा युएई भिसाको लागि आशंका गरिएजस्तो प्रमाण भने भेटिएन । त्यसोत संचालक केदारनाथ अधिकारीले आफुहरुले भिजिट भिसाको काम नगरेको भन्दै त्यस्ता अवैध काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन विभागलाईनै सहयोग गर्ने गरेको बताएका छन् । 

त्यसैको आडैमा रहेछ सुर्खेत ओभरसिस । 


अनुगमनको क्रममा सुर्खेतले भिजिटमा पठाउने स्पष्ट क्लु भेटेपछि विभागको अनुगमन टोली सुर्खेत ओभर्सिस छिर्यो । तर विभाग टोली म्यानपावर कार्यालय पुग्दा सुर्खेत ओभरसिस बन्द थियो । उक्त म्यानपावरले भिजिटमा युएइ कामदार पठाएको प्रमाण सहित सोहि म्यानपावरको परिसरमा पुगेर अनुगमनकै क्रममा भिजिट भिषामा युएई उड्ने तयारीमा रहेको व्यक्ति बनेर छड्के फोन गर्दा उक्त म्यानपावरले भिजिट भिषामा पठाउने गरेको स्पष्ट भयो । 

विभागको अनुगमन टोली नपुग्दै सुर्खेत ओभरसिज पुग्नु केहि बेर अघि मात्र उक्त म्यानपावरका कर्मचारी कार्यालय बन्द गरेर हिडेका रहेछन् । यस विषयमा एक स्थानीयले हामीलाई बताएका छन् । सो पश्च्यात विभागको अनुगमनमा खटिएको टोलीले म्यानपावर संचालकलाई तुरुन्त कार्यालय आउन निर्देशन दिएपनि २ घण्टासम्म संचालक गणेश कुँवर कार्यालय खोल्न आएनन् । संचालकले अटेरी गरेपछि विभागले म्यानपावर कार्यालय शिल गर्यो । 


यति गर्दासम्म बेलुकाको ५ बज्न लाग्दै थियो । 

अनुगमन टोली फेरी स्काई ब्ल्यु इन्टरनेसनल ओभरसिज पुग्यो । म्यानपावरमा एक जना आधिकारिक कर्मचारी बाहेक बाँकी सबै नियुक्तिनै नदीईएका युवतीहरु रिसेप्सनमा खटिएका थिए । बिभागले भिजिट भिषामा उक्त म्यानपावरले पठाउने काम गरेको सूचना पाएको थियो । तर म्यानपावरले नियुक्ति नै नभएका कर्मचारी खटाएको पाइएपछि सबैलाई बिभागमा उपस्थित हुन पत्र काटेको छ । 


यसैबीच बिभागको टोलीले यही म्यानपावरले ट्राभलमार्फत भिजिट भिषाको काम गर्छ भन्ने सूचनाको आधारमा मल्टिपल ट्राभल एण्ड टुर्स प्रालिमा अनुगमन गर्यो । सो अनुगमनको क्रममा उक्त ट्राभलको काम संकास्पद भेटिएपछि बिभागले अनुसन्धानको लागि कम्प्युटरको सीपीयु बरामद गरेको छ । साथै मल्टिपल ट्राभल एण्ड टुर्स प्रालिले पाएको तथा पठाएको दर्जनौं संकास्पद र भिजिट भिषा/टिकट सहितको इमेल र पासपोर्ट कपिहरु बरामद गरेको छ । 


सोहि ट्राभलमा अनुगमन गर्ने क्रममा बैदेशिक रोजगार बिभागका पूर्व कर्मचारी समेत रहेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका आजद अलिले सयौं नेपालीलाई पछिल्लो समय भिजिट भिषामा विदेस पठाउने काम गरेको भेटिएको छ । उनले पछिल्लो समय उक्त ट्राभलबाट सयौं युवाको पासपोर्ट कपि र फोटो दिएर भिजिट भिषाको काम गरेको खुलेको वैदेशिक रोजगार बिभागले जनाएको छ । यसै क्रममा सोहि ट्राभलमा आईपुगेका आजाद अलि आफ्नो पोल खुलेलगत्तै केहि सेकेन्डमै ट्राभलबाट बाहिरिएका थिए । 


ट्राभलको आधिकारिक इमेलको आधारमा सयौं नेपालीलाई भिजिटमा पठाउने काममा सक्रिय रहेको देखिएपछि बिभागले उक्त ट्राभलको एक थान कम्प्युटर अनुसन्धानको लागि बिभाग लगेको छ । साथै प्रमाण स्वरूप ट्राभलले आदानप्रदान गरेको इमेल बिभागमा फरवार्ड भएका छन् । फरवार्ड भएका इमेलको आधारमा थप आधा दर्जन बढी म्यानपावर कम्पनी भिजिट भिषामा पठाउन संलग्न देखिएको छ । साथै केहि ट्राभल एजेन्सीको समेत अनुसन्धानमा तानिने देखिएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ