२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी दुतावासले गरेन मागपत्र प्रमाणीकरण, यस्तो छ राजदुतको स्पष्टोक्ति

२०७७, २८ मंसिर आईतवार ०६:३२

मङ्सिर २८, काठमाडौँ | कोरोना महामारी पछि तीन महिना अघि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको छ । यस क्रममा कतार तथा युएई लगायत खाडीस्थित विभिन्न नेपाली दूतावासहरुले कामदारहरु मागिएको नयाँ मागपत्र प्रमाणीकरण शुरू गर्न थालेका छन् तर साउदी स्ठित नेपाली दुतावासमा भने मागपत्र प्रमाणीकरणको काम अझै अनिश्चित छ ।

कामदारको माग लिएर दुतावास पुगेका अधिकांश रोजगारदाता कम्पनीहरुलाई दुतावासले त्यसै फर्काउने गरेको छ । खाडीका अन्य देशहरुमा रहेको दुतावासहरुले मागपत्र प्रमाणीकरणको काम सुरु गरिसक्दा पनि साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरे पछि दुतावासमा दवाब बढेको छ ।

कोरोना महामारीको कारण देखाई साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम नगर्दा नेपाली कामदारको माग भई आउने नयाँ डिमाण्डहरु प्रभावित भएको बताइएको छ । त्यसो त नेपालबाट कामदार लान असहज भएको भन्दै रोजगारदाताहरुले नेपाली कामदारको विकल्प खोज्न थालेको बताइएको छ ।

साउदीस्थित दुतावासले मागपत्र प्रमाणीकरण नगरेको विषयमा म्यानपावर व्यवसायीहरुले पटक-पटक ध्यानाकर्षण गराइसकेको अवस्थामा समेत दुतावासले वेवास्ता गरेको गुनाशो गरिएको छ । 

साउदीले नयाँ कामदारको लागि खोलेकै छैन: राजदुत

साउदीस्थित नेपाली दुतावासले नयाँ डिमाण्डको मागपत्र प्रमाणीकरणको काम किन नखुलाएको भन्ने साझा सबाल मिडियाको प्रश्नमा राजदुत डा. महेन्द्र प्रसाद सिङ राजपुतले साउदीले नयाँ कामदार भित्र्याउने सम्बन्धमा कुनै निर्णय नगरिसकेकोले मागपत्र प्रमाणीकरणको काम दुतावासले नगरेको बताए । 

राजदुत राजपुतले भने 'साउदी सरकारले जब अनुमति दिन्छ तब हामी प्रमाणीकरणको का गर्छौं, अहिले नयाँ कामदारको लागि यहाँको सरकारले अनुमतिनै दिएको छैन । यस्तो अवस्थामा कामदारको मागपत्र प्रमाणीकरण गर्दा नेपालीहरु थप समस्यामा पर्न सक्छन् । यहाँको सरकारले नेपाल मात्र होइन अन्य देशबाट पनि नयाँ कामदार ल्याउन दिएको छैन ।' राजदुत राजपुतले अगाडी भने 'नेपालीहरुलाई साउदी अरवीयाले रिइन्ट्री (पुन: प्रवेश)को अनुमति दिएको छ, भारतलाई त यो सुविधा समेत दिएको छैन । नेपालीले रोजगारीको लागि साउदी आउन पाउन हामीले पनि चाहिरहेको कुरा हो, यसलाई खोल्न हामीले उच्च निकायहरुलाई भेटिरहेका छौं ।' 

राजदुत राजपुतले साउदीले हालसम्म नयाँ कामदार लैजाने सम्बन्धमा कुनै निर्देशन नदिएको र त्यस्तो निर्देशन नभएसम्म दुतावासले मागपत्र प्रमाणीकरणको काम नगर्ने स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण