२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका रोजगारदाताले श्रमिकको लागि टिकट र व्यवसायीलाई सेवा शुल्क दिएका छन् : राजदुत, पाण्डे

२०७७, ३ पुष शुक्रबार ०५:२५

पुस ३, काठमाडौं । नेपाल र मलेसिया बिच भएको श्रम सम्झौता पछि कार्यान्वयन गर्न केहि समय लागेको थियो । मलेसियासँग नेपालले श्रम सम्झौता गरे पश्च्यात पछिल्लो समय ४/५ महिनामा ६३ हजार ५ सय श्रमिकको मागको मागपत्र दुतावासले प्रमाणीकरण गरेको छ । रोजगारदाता कम्पनी संचालक वा कम्पनीका जिम्मेवार व्यक्ति आउँदा मात्र मागपत्र प्रमाणीकरण गर्ने गरिएको छ । साथै त्यसमा श्रम सम्झौता अनुसार श्रमिक ल्याउन तयार भएको रोजगारदाताले बताएका छन् ।

रोजगारदाताले दुतावासमा मागपत्र प्रमाणीकरण गर्न आउँदा श्रमिको लागि टिकट र सेवा शुल्क दिन्छु भनिरहेको अवस्था छ । मलेसियामा नेपालीलाई मात्र सेक्युरिटी गार्डको लागि लिने गरिएको छ जसले गर्दा डिमाण्ड घट्ने अवस्था छैन । मलेसियाको हकमा आरबिए अन्तरगत रहेका कम्पनीले हिजो पनि टिकट र सेवा शुल्क दिएका थिए । हाल तिनै कम्पनीमा टिकट पनि पर्दैन, सेवा शुल्क पनि नेपालबाटै दिन्छौं भन्दै व्यवसायी बीच अवस्थ प्रतिस्पर्धा रहेको छ । 

प्रत्येक देशसंग आफ्नै सम्बन्ध हुन्छ ।  जस्तो: भियतनामले समान्य लेवर मलेसियामा पठाउँदैन, त्यो मार्केट अर्कोले लिने भयो । अन्य विविध पक्ष छन् जसले श्रम सम्झौतामा कडाइ गर्ने भए कामदारले कुनै शुल्क तिर्नु नपर्ने नेपालको ठाउँ अरुले सहजै लिन सक्ने अवस्था छैन ।

रोजगारदाताले तोकिएको सर्त अनुसार सुविधा नदिएमा डिमाण्ड प्रमाणीकरण रोक लगाउँदै दुतावासबाट कम्पनी ब्लक गर्न सक्छौ । श्रम सम्झौताले आधा महिनाको तलब व्यवसायीले सेवा शुल्क लिन पाउने भनेको छ, तर कतिपय कम्पनीले यसअघिदेखि नै एक महिनाको सेवा शुल्क दिएको छ तर अहिले आधा महिनाको मात्र दिने गरेकोले घाटा भएको व्यवसायीले नै बताएका छन् ।

व्यवसायी पारदर्शी रुपमा हिंड्न चाहेमा दुतावास सहयोग गर्न तयार रहेको छ तर अवस्थ प्रतिष्पर्धा गर्ने व्यवसायीका कारण नै समस्या थपिएको हो । नेपालमा पनि श्रमिकबाट पैसा लिने र रोजगारदाताबाट पनि पैसा लिने गरेको जानकारीमा आएका छन् यसलाई नियन्त्रण गर्न रोजगारदाता विभिन्न कम्पनीमा गएर श्रमिकसंगको कुराकानी भिडिओ बनाएर पठाउन सक्छौ यसतर्फ व्यवसायी सचेत हुनुपर्छ ।

न्यायोचित भर्ना प्रक्रिया बारे सरकार, व्यवसायी संघ, कम्पनी, आइएनजी/एनजीओ को धारणा एकै हुनुपर्छ । मागपत्र प्रमाणीकरणले धेरै समस्या समाधान भएको राम्रा कुरालाई सपोर्ट गर्दै असहजता हटाउनुपर्छ । दुई देश बीच दुई पक्षीय छलफलबाट आधा महिनाको सेवा शुल्कलाई परिमार्जन गर्न छलफल गर्न सकिन्छ । व्यवसायीले लिन पाउने सेवा शुल्क एक महिनाको बनाउन दुई देशभित्र हुने आगामी बैठकमा कुरा राख्छौं ।

श्रमिकका गुनासमा दुतावासले सहयोग गर्दैन भन्ने गुनासो नआएका होइनन् जति मात्रामा गर्नुपर्ने हो त्यति नसकिएको भएपनि गुनासो गर्नेहरुको समस्या सम्बोधन गरिएको छ । 

(अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र श्रम रोजगार पत्रकार समूहले संयुक्त रुपमा रुपमा आयोजना गरेको 'न्यायोचित भर्ना प्रक्रियामा देखिएका चुनौति र अवसर' विषयक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले राख्नुभएको विचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो