२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावरले प्रभावमा पारेर रकम लिन सक्छन् यस्तो बेला विभागमा सूचना दिनुस् नियमन गर्न सकिन्छ’

२०७७, ३ पुष शुक्रबार ०६:४०

पुस ३, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा पपुलिष्ट नीति र कार्यान्वयन अर्कै रहेको छ । खाडीमा निशुल्क भिषा र टिकट व्यवस्था गरिएको छ भने अन्य देशमा देश अनुसार व्यवसायीले लिन पाउने सेवा शुल्क तोकिएको छ । वैदेशिक रोजगारमा कर्पोरेट कम्पनीको नाफा र घाटाको विषय नै होइन, जुन उद्यमशीलतामा छौं त्यसलाई हेर्ने हो ।

हाल वैदेशिक रोजगारीमा रहेका २३/२४ लाख जनतालाई ध्यान दिने हो । व्यवसायीले वैदेशिक रोजगार ऐन २०६४ भित्र रहेर काम गर्नुभएको छ कि छैन भनेर हेर्ने काम विभागको हो । व्यवसायीले कर कति तिर्नुहुन्छ ? डाटामा हेर्दा देखिंदैन । आइएलओ कन्भेन्सन अनुसार जापान लगायत खाडीमा रोजगारदाताले सेवा शुल्क दिने व्यवस्था गरिएको छ । अहिले म्यानपावरले धेरै भन्दा कर्मचारी राखेको छैनन् । अब व्यवसायीले राखेको धरौटीको कुरो आउछ, त्यो उहाँहरुको आफ्नै रकम हो ।


कोहि व्यक्ति सम्पन्न भएर रोजगारीमा जाँदैन । विदेश जानेहरूमध्ये अहिले दक्ष कम, अदक्ष ७५ प्रतिशत हाराहारी छन् । अहिले देखिएका समस्या मध्ये ७५ प्रतिशत भन्दा बढी पैसा लिएर विदेश पठाएको उजुरी आएका छन् त्यसमा पनि खाडीका देश जान १ देखि ७ लाखसम्म र युरोपमा ७ भन्दा बढी लिने गरेको उजुरी परेका छन् । विदेशका रोजगारदाता कम्पनीमा नेपालमा म्यानपावर कम्पनीको सिधा सम्पर्क छ कि छैन ? 

श्रमिकलाई अनेक प्रलोभावन देखाउने, विचमा दलालको प्रयोग गर्ने क्रम बढेको छ, कम्पनीमा कर्पोरेट इमान्दारिता हुनुपर्ने हो त्यो देखिंदैन । जहाँसम्म कुरो रह्यो व्यवसायीले लिने सेवाशुल्कको यस विषयमा केहि छलफल गर्न सकिन्छ,  खाडीका देशमा श्रमिक पठाउँदा व्यवसायीले १० हजार नै कायम गरिनुपर्छ भन्ने होइन, समयानुकुल केहि सुधार गर्न सकिन्छ । 

अहिले चर्को शुल्क लिने क्रम रोकिएको छैन ।  कुनै पनि कम्पनीले निर्धारित नियम भित्र रहेर काम गरेका छैनन् । हाल वैदेशिक रोजगार सूचना प्रणाली व्यवस्थित गरिएको छ, विदेश कति गए कति स्वदेश फर्किए जानकारी लिन सकिन्छ । भिजिट भिसामा जाने बढेको, प्रलोभन देखाएर बिकृति थपिएको अवस्था छ, यसमा विभागले उजुरी नजिकबाट छानविन गरिरहेको छ । 

अगुमनको नाममा कसैलाई दुरुत्साहन गर्नु होइन, छापा मारेर व्यापारिक छवि बिथोल्ने होइन जहाँ असहजता छ, जुन कम्पनीको उजुरी आएको छ त्यसमा अनुगमन गरिएको छ । अनुगमन गर्न जाने बित्तिकै समातेर ल्याउने भन्ने होइन, उजुरी उपर विभागले नियमित अनुगमन गरेको हो । 

मैले विभागमा कार्यभार सम्हालेपछि आएका उजुरीमा खाडी देशका लागि १ लाख ३० हजार माथि ७ लाख लिएका म्यानपावरलाई कारवाही गरेको छु । संस्थागत रुपमा जाने श्रमिक कमसेकम  सुरक्षित त छन् तर व्यक्तिगत रुपमा ठगिने क्रम बढेको छ, त्यसलाई न्यूनीकरण गर्न जरुरी छ । विभागले ४५ भन्दा बढी  म्यानपावरको कारोबार रोक्का गर्नुपरेको छ । 

अहिले कति शुल्क बुझाएको भन्दा श्रमिक बोल्ने अवस्था छैन, विदेशमा सेवा शुल्क कम पाएमा दुतावासमा उजुरी गर्न सकिन्छ, नेपाल भित्र म्यानपावरले बढी शुल्क मागेमा पैसा दिन्न भन्नुपर्यो, कोटा सीमित छ तपाईले नदिए अर्को व्यक्ति जानसक्छ,  तलब धेरै हुन्छ भनेर प्रभावमा पार्न सक्छन् यस्तो बेला विभागमा सूचना दिएर हामीलाई सहयोग गर्नुस् नियमन गर्न सकिन्छ । 

व्यक्ति अझै सचेत नभएको, कहाँ जाँदैछु, कति योग्यता छ कति तलब पाउँछु भन्ने समेत नबुझेका कारण ठगि नियन्त्रण हुन सकेको छैन यसतर्फ सामाजिक सचेतना जरुरी छ । 

(अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र श्रम रोजगार पत्रकार समूहले संयुक्त रुपमा रुपमा आयोजना गरेको 'न्यायोचित भर्ना प्रक्रियामा देखिएका चुनौति र अवसर' विषयक कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देश कुमार दहालले राख्नुभएको विचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण