२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान रोजगारीमा एकाधिकार मान्य छैन : व्यवसायी संघ

२०७७, ५ पुष आईतवार १२:०१

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापान रोजगारीका लागि मुख संस्थाको मिलेमतोमा वैदेशिक रोजगार ऐन, २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति घोर भत्सना गरेको छ । संघ महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेका छन् ।

निर्दिष्ट सिपयुक्त कामदार का रुपमा जापानमा कामदार पठाउन नेपाल सरकारले २०७५ साल चैत्र ११ गते जापान सरकारसँग जी टु जी अन्तरगत निष्पक्ष तथा निःशुल्क कामदार भर्तिको लागि जापान सरकारसँग एमओयु गरेको थियो । श्रम सम्झौता भएको २ वर्ष हुन लाग्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले निर्दिष्ट सिपयुक्त कामदार पठाउने सम्वन्धमा कुनै कार्य नगरेको संघले ठहर गरेको छ ।

श्रम मन्त्रालयले तयार गरेको "निर्दिष्ट सिपयुक्त, कामदारको रुपमा जापानमा रोजगारी लागि श्रम स्विकृति सम्वन्धी निर्देशका २०७७" मा सहयोगी संस्थाको नाममा विचौलिया (एजेन्ट)राखि जापानमा रोजगारीको अवसर खोज्ने, माग पत्र संकलन गर्ने, रोजगारदाता कम्पनीको मूल्याकंन गर्ने र मागपत्र प्रमाणिकरण गर्न दुतावासलाई सहयोग गर्न जिम्मा दिने गरि एकाधिकार (सिण्डिकेट) गर्न खोजिएको सम्वन्धि समाचार प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

"नेपाल वैदेशिक रोजगार व्यवसायी संघ खुल्ला पारदर्शि र प्रतिष्पर्धामक व्यवसायमा विश्वास गर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सम्पुर्ण ८५४ व्यवसायीहरुले व्यवसाय गर्न पाउनु पर्ने मान्यता राख्दछ । अमुख संस्थाको मिलेमतोमा बैदेशिक रोजगार ऐन २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति नेपाल बैदेशिक रोजगार व्यवसाय संघ घोर भत्सना गर्दछ साथै यस्ता एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौ ।" संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो