२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने युवाहरुसँग चर्को अशुली, कम्पनीको एचआरले लिन्छ कमिसन ! (भिडियो सहित)

२०७७, ८ पुष बुधबार ०१:०१

अनिल अधिकारी | पुस ८, काठमाडौँ | साउदी जान लागेका युवाहरुसंग चर्को शुल्क अशुली गर्दैगर्दा काठमाडौँको धुम्बाराही स्थित मनाश्लु इन्टरनेशनल सर्भिस प्रालिमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ ।

साउदीको हेल्दी फुड्स को. एलटिडीमा कफी मेकर पदमा जान लागेका युवाहरुसँग म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले प्रतिव्यक्ति एक लाख भन्दा बढी पैसा मागेका थिए । 'पैसा नदिए भिसा क्यान्सिल गर्दिने' धम्कि दिएपछि पिडितहरुले वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए ।

पिडितहरुको उजुरीपछि वैदेशिक रोजगार बिभागले मंगलबार साँझ करिव साढे ५ बजेतिर म्यानपावरमा आकस्मिक छापा हानेको हो ।


बिभाग सहित साझा सबाल मिडिया र पिडितहरु सहितको टोली म्यानपावर कम्पनी पुग्दा म्यानपावरका संचालक हिरामणि दाहाल कार्यालयमै थिए, बिभागको टोलीले आकस्मिक रुपमा अप्रेशन रुममा छिर्दा पिडितहरुले बुझाएको पैसासहित फेला पारेको थियो ।


बिभागको टोली अनुगमनमा पुगेपछि भएको सोधपुछको क्रममा म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले चर्को लागत लिएको स्वीकारेका छन् । उनले यसरी लागत लिनु बाध्यता रहेको भन्दै साउदी स्थित हेल्दी फुड्स कम्पनीको एचआर म्यानेजरलाई प्रति कामदार कमिसन बुझाउनुपर्ने र कम्पनीले टिकट समेत नदिएको कारण लागत बढी लिएको बताएका छन् । नेपाल सरकार वैदेशिक रोजगारको ऐन अनुसार खाडीका ६ राष्ट्र र मलेसिया जान १० हजार भन्दा बढी अशुली गर्न पाइदैन । तर मिडिया तथा बिभाग कर्मचारीहरुकै अगाडी अशुलीमा संलग्न म्यानपावरका कर्मचारी ओझाले अरु म्यानपावरमा आएको डिमाण्ड आफ्नो म्यानपावरमा हात पार्न सम्बन्धित कम्पनीलाई कमिसन दिएको समेत खुलाशा गरेका छन् । 


बैदेशिक रोजगार बिभागले उक्त म्यानपावर कम्पनीमा आकस्मिक कारवाही गरि २४ घण्टाभित्र बिभागमा हाजिर हुन पत्र काटेको छ । साथै पिडितहरुलाई सरकारले तोकेको शुल्कमा साउदी उडाउन र साउदी पुगेपछि कुनै प्रकारको नियोजित दु:ख नदिन समेत निर्देशन दिएको छ । वैदेशिक रोजगार बिभागले जुनसुकै बेला चर्को अशुली विरुद्ध उजुरी आउन सक्ने र वैदेशिक रोजगारमा जाने कामदार ठगिन सक्ने हुँदा सनिबार वा कार्यालयको समय बाहेकको समयमा पनि अनुगमन हुने स्पष्ट पारेको छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो