२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लिने

२०७७, ९ पुष बिहीबार ११:५९

पुस ९, काठमाडौं। दक्षिण कोरिया सरकारले सन् २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लागि लिने भएको छ । कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको  बैठकले सन् २०२१ का लागि इपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गरेको छ ।

५२ हजार विदेशी कामदार इपीएस भाषा प्रणालीमार्फत १६ देशको लागि छुट्याइएको हो । २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने/छान्नेमा) १ सय जना तोकिएको छ । यो कोटामध्ये ४० हजार कामदार नयाँ आउने छन् भने १२ हजार पुन: श्रमिक लगिने छ । 

सन् २०२१ का लागि छुट्याइएको विदेशी कामदारको संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । कोरोनाको कारण २०२० को कोटा मध्यको ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएका छैनन् । यो वर्षको अप्रिलसम्ममा २२ हजारका लागि रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ ।नेपालबाट वार्षिक ५ हजारभन्दा धेरै इपीएस भाषा प्रणालीमार्फत कोरिया रोजगारीका लागि जाने गरेका छन् । सन् २०२१ मा नेपालबाट कति कामदार लैजाने भनेर कोटा निर्धारण भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो