२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षबाट विदेशी श्रमिकलाई कोरोना परीक्षण अनिवार्य, नगर्नेलाई कडा कारवाही हुने

१० पुष २०७७, शुक्रबार ०४:४९

पुस १०, काठमाडौं। मलेसियाको राष्ट्रिय सुरक्षा परिषद्ले विदेशी श्रमिकको अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । परिषद्को सो निर्णय कार्यान्वयन आगामी जनवरी १ तारिखदेखि सुरु हुनेछ । मलेसियाका वरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले आफूसँग कार्यरत विदेशी श्रमिकको कोभिड-१९ परीक्षण नगराउने रोजगारदातालाई कारवाही हुने समेत बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

मन्त्री याकोबले यो सवै क्षेत्रमा काम गर्ने श्रमिकमा लागु हुने र क्वालालम्पुर, सेलेंगर, पेनाङ, नेग्री सेम्विलान तथा सवाहमा लागु भइसकेको जनाइएका छन् । उनले मानव संशाधन मन्त्रालयले केहि रोजगारदाताले यसमा असहमति जनाएको र असहयोग गरेको भन्दै अनिवार्य रुपमा सो नियमको पालना गर्न आग्रह गरे । सो नियम पालना नगर्ने रोजगारदातालाई कडा कारवाही हुने पनि उनले प्रष्ट्याए ।

मलेशियामा ठूलो संख्यामा आप्रवासी श्रमिकमा कोभिड-१९ को संक्रमण देखिएको छ । अव्यवस्थीत बसोवास, धेरै भिडभाडमा काम गर्नुपर्ने, कार्यस्थल तथा आवासमा सामाजिक दुरी कायम गर्ने वातावरण नभएका कारण कोभिडको संक्रमण आप्रवासी श्रमिकमा बढी देखिएको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । 

मलेशियाको टप ग्लोव्स कम्पनीमा काम गर्ने मध्ये ५ हजार भन्दा बढी श्रमिकलाई कोभिड-१९ को संक्रमण देखिएपछि तथा एक नेपालीको कोभिड १९ कै कारण मृत्यु भएपछि यस विषयमा विभिन्न निकायको ध्यानाकर्षण पनि भएको छ ।

टप ग्लोव्स कम्पनीमा काम गर्ने एक नेपालीले कार्यस्थलमा भिडभाड भएको र सामाजिक दुरी कायम नभएको विषय झल्किने तस्वीर खिचेर अधिकारकर्मीलाई पठाएको अभियोगमा उनलाई कामबाट निश्कासन गर्ने निर्णय गरेको थियो । तर अन्तराष्टिय जगतको दवाव बढ्ने देखिएपछि कम्पनी सो निर्णयबाट पछि हटेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य