२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्री चौधरीले भने ‘ठगि नियन्त्रण पहिलो प्राथमिकता पर्छ’

२०७७, १२ पुष आईतवार ०६:३६

पुस १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले वैदेशिक रोजगारीमा देखिएका ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन् । नवनियुक्त श्रममन्त्री चौधरीले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकतामा गलत तरिकाले भएको काम रोक्ने र  ठगि रोकिनुपर्छ भन्ने मान्यता भएको बताएका हुन् ।


भर्खर श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको छु मन्त्री चौधरीले भने 'अहिलेसम्म मन्त्रालयमा भए गरेका काम बारे अध्ययन गर्छु र त्यसपछि कसरी अगाडी जान सकिन्छ, विगतको समिक्षा र नयाँ योजना ल्याउनेछु ।' वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारी ठगिनबाट कसरी बचाउने भन्ने बारे छलफल गर्ने र त्यसका लागि उपाय रच्ने उनले बताए ।  

म्यानपावरबाट हुने ठगि रोक्न पनि आवश्यक कदम चाल्ने बताउंदै उनले म्यानपावर कम्पनीले पनि पारदर्शी तरिकाले काम गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न देशसंग भएका श्रम सम्झौता कार्यान्वयन, सामाजिक सुरक्षा योजना कार्यान्वयन लगायत धेरै विषय अध्ययन गर्न बाँकि रहेको भन्दै उनले देशभित्रै काम गर्न रोजगारी ग्यारेन्टी गर्ने कुरा प्राथमिकता रंहने उनले बताए । 

नवनियुक्त मन्त्री चौधरी दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि उनी कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो