२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाको धन्दा : ७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक, म्यानपावरमा विभागको छापा

२० पुष २०७७, सोमबार १४:५६

मनोज पराजुली । पुस २०, काठामाडौं । वैदेशिक रोजगार विभागले भिजिट भिसामा श्रमिक विदेश पठाउन सक्रिय बेबीस्टार इन्टर्नेशनल प्रा .लि (लाइसेन्स नम्बर १०८१/०७३/७४) मा छापा मारेको छ । भिजिट भिसामा जान लागेका युवाले आफुहरु ठगिएको भन्दै विभागमा दिएको उजुरीका आधारमा उक्त म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो ।

विभागले म्यानपावर कम्पनीबाट भिजिट भिसाका शंकास्पद कागजात सहित १५ थान पासपोर्ट समेत बरामत गरेको विभागका अनुगमन अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । म्यानपावर संचालकलाई बुधाबर विभाग उपस्थित हुन पुर्जी काटिएको बरालले जानकारी दिए ।

७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक…

सोमबार दिउँसो वैदेशिक रोजगार कार्यालयमा केहि युवाहरुले गुनासो टिपाए.. भिजिट भिसामा हामीलाई ठगियो आवश्यक कारवाही गर्नुपर्यो । सिराहा जिल्लाका ९ युवाले वैदेशिक रोजगारमा भिजिट भिसामा भन्दै  ठगिएको भन्दै विभागमा उजुरी दिएपछि विभागको टोली आकष्मिक अनुगमनमा निस्किएको थियो । 


माथिको तस्बिरमा भिजिट भिसाका लागि ७ दिनसम्म होटलमा बसेका युवा 

विभाग टोलीले उजुरी परेको म्यानपावर कम्पनीमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएपछि पीडित युवाहरुको उजुरीका आधारमा नै उनीहरु बसेको होटलमा विभाग टोली पुग्यो ।

गौशालामा रहेको रोयल सिराहा होटल एण्ड गेष्ट हाउसमा विभाग र नेपाल प्रहरी सहितको टोली पुग्छ, संयुक्त टोली भिजिट भिसामा कारोबार गर्ने म्यानपावर संचालक सहित एजेन्ट खोज्दै विभाग टोली होटलमा पुग्दा २ युवा कम्मल ओडेर सुतिरहेका थिए । यो समय थियो सोमबार दिउसो २ बजेको…


भिजिट भिसामा युएई लैजाने भन्दै ६ दिनदेखि होटलमा राखिएको पीडित अफजल मिंयाले साझा सबाललाई जानकारी दिए । हामीलाई विगत ६ दिनदेखि यस होटलमा राखिएको छ आज भोलि भन्दै ६ दिन भैसक्यो पीडित मिंयाले भने “भिजिट भिसा भन्ने बारे थाहा पाएपछि साथीहरुले विभागमा उजुरी दिएका हुन् ।” 

ठगिएका युवाहरुमा बिष्णु यादव, गंगु यादव, बच्चु पासवान, रामकुमार पासवान, कारिमा पासवान. श्याम कुमार पासवान र दिपेन्द्र पासवान रहेका उनले बताए । उनीहरुले श्याम सुन्दरले नै भिजिट भिसामा मा नै पठाउन भन्दै विगत एक हप्तादेखि होटलमा राखेको उनीहरुले बताएका छन् ।” 


विभाग टोलीले उक्त होटलबाट २ जनाको भिजिट भिसा लागेको टिकट सहित पासपोर्ट समेत बरामत गरेको छ । श्याम सुन्दर शाहले नै अन्य युवाहरुको पासपोर्ट राखेको उनीहरुले बताएका छन् तर विभाग टोलीले म्यानपावर कम्पनी र होटलमा पासपोर्ट भेटेको छैन । विभागले यसबारे थप अनुसन्धान गर्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बरालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य