२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मेसिनले औला काटियो, तलबनै नदिई नेपाल फर्काइदै

२१ पुष २०७७, मंगलवार ०६:४९

पुस २१, काठमाडौँ | सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा पुगेका सिरहाका प्रकास यादवको तीन महिना अघि काम गर्ने क्रममा मेसिनले हातको तीन वटा औला काटियो । 

हातको औला काटिएपछि उनलाई कम्पनी उपचार समेत नगरिदिएको यादवको गुनाशो छ । त्यसोत तीन महिनादेखि उनले काम समेत पाएनन् । म्यानपावर एजेन्टले प्याकिङमा भनेर पठाएको भएपनि मेसिन चलाउने काममा लगाएको र सोहि मेसिनले औला काटिएपछि काम गर्न नसक्ने भएको उनले बताए । हात काटिएपछि कम्पनीले दुई महिनादेखि तलब समेत नदिएको यादवले बताएका छन् । 

यादव आगामी १३ तारिकमा नेपाल फर्कदैछन् । उनलाई कम्पनीले मेडिकल अनफिट रिपोर्ट बनाएर नेपाल फर्काउन लागेको छ । उनले भने 'मलाई आगामी १३ तारिकमा नेपाल फर्काउदैछ तर एएरपोर्टबाट घरसम्म पुग्ने पैसा समेत छैन ।' आफू कम्पनीमा काम गर्ने क्रममै हातको औला काटिएपछि आवश्यक पहलको लागि सम्बन्धित म्यानपावर कम्पनीमा समेत खबर गर्दा कुनै समाधान नभएको उनले गुनाशो गरे । यस विषयमा वैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावासमा समेत दुई महिना अघिनै जानकारी गराएको यादवले जनाएका छन् ।

साझासबाल मिडियाले उनलाई उनको समस्यालाई हेर्ने निकाय वैदेशिक रोजगार बोर्डसँग गुनाशो राख्न नम्बरहरु उपलब्ध गराएको थियो तर त्यसमा पनि सम्पर्क नभएको उनले गुनाशो गरे । यसै सम्बन्धमा मिडियाबाट वोर्डको वेबसाइटमा उपलब्ध भएका नम्बरहरुमा फोन गर्ने प्रयास हुँदा दुवै नम्बरहरु उठेनन् । यादवको गुनाशो छ 'अहिलेसम्म कसैले मेरो समस्यामा ध्यानाकर्षण गरेनन् । मैले श्रम स्वीकृति लिएर आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् ।' 

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ, क्षेतीपूर्तिको त कुरा छोडौं दुई महिनाको तलब समेत दिएको छैन । नेपाल एएरपोर्टबाट घरसम्म जाने खर्च समेत छैन ।' उनले अगाडी भने 'म्यानपावरले त फोन नै उठाउन छाड्यो । दुतावासका तीन जनासँग कुरा गर्दा एक जनाले चासो दिनुभएको छ तर पनि मलेसियाबाट घर फर्कने दिन आईसक्यो । मैले काम गरिखाने हातको औला गुमाएको छु । अब नेपालमा के गरेर खाने भन्ने चिन्ता छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य