२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मेसिनले औला काटियो, तलबनै नदिई नेपाल फर्काइदै

२०७७, २१ पुष मंगलवार ०६:४९

पुस २१, काठमाडौँ | सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा पुगेका सिरहाका प्रकास यादवको तीन महिना अघि काम गर्ने क्रममा मेसिनले हातको तीन वटा औला काटियो । 

हातको औला काटिएपछि उनलाई कम्पनी उपचार समेत नगरिदिएको यादवको गुनाशो छ । त्यसोत तीन महिनादेखि उनले काम समेत पाएनन् । म्यानपावर एजेन्टले प्याकिङमा भनेर पठाएको भएपनि मेसिन चलाउने काममा लगाएको र सोहि मेसिनले औला काटिएपछि काम गर्न नसक्ने भएको उनले बताए । हात काटिएपछि कम्पनीले दुई महिनादेखि तलब समेत नदिएको यादवले बताएका छन् । 

यादव आगामी १३ तारिकमा नेपाल फर्कदैछन् । उनलाई कम्पनीले मेडिकल अनफिट रिपोर्ट बनाएर नेपाल फर्काउन लागेको छ । उनले भने 'मलाई आगामी १३ तारिकमा नेपाल फर्काउदैछ तर एएरपोर्टबाट घरसम्म पुग्ने पैसा समेत छैन ।' आफू कम्पनीमा काम गर्ने क्रममै हातको औला काटिएपछि आवश्यक पहलको लागि सम्बन्धित म्यानपावर कम्पनीमा समेत खबर गर्दा कुनै समाधान नभएको उनले गुनाशो गरे । यस विषयमा वैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावासमा समेत दुई महिना अघिनै जानकारी गराएको यादवले जनाएका छन् ।

साझासबाल मिडियाले उनलाई उनको समस्यालाई हेर्ने निकाय वैदेशिक रोजगार बोर्डसँग गुनाशो राख्न नम्बरहरु उपलब्ध गराएको थियो तर त्यसमा पनि सम्पर्क नभएको उनले गुनाशो गरे । यसै सम्बन्धमा मिडियाबाट वोर्डको वेबसाइटमा उपलब्ध भएका नम्बरहरुमा फोन गर्ने प्रयास हुँदा दुवै नम्बरहरु उठेनन् । यादवको गुनाशो छ 'अहिलेसम्म कसैले मेरो समस्यामा ध्यानाकर्षण गरेनन् । मैले श्रम स्वीकृति लिएर आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् ।' 

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ, क्षेतीपूर्तिको त कुरा छोडौं दुई महिनाको तलब समेत दिएको छैन । नेपाल एएरपोर्टबाट घरसम्म जाने खर्च समेत छैन ।' उनले अगाडी भने 'म्यानपावरले त फोन नै उठाउन छाड्यो । दुतावासका तीन जनासँग कुरा गर्दा एक जनाले चासो दिनुभएको छ तर पनि मलेसियाबाट घर फर्कने दिन आईसक्यो । मैले काम गरिखाने हातको औला गुमाएको छु । अब नेपालमा के गरेर खाने भन्ने चिन्ता छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त