२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार नआउँदै क्यूभिसीमा एप्वाइन्टमेन्ट नलिन आग्रह

२४ पुष २०७७, शुक्रबार ०५:४२

पुस २४, काठमाडौं । केही वैदेशिक रोजगार व्यवसायीले कतार भिसा सेन्टर (क्यूभिसी)मा फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण दिनुपर्ने व्यक्ति काठमाडौं नआउँदै अनलाइन आवेदन गर्ने गरेका कारण काठमाडौंमा रहेका व्यक्तिहरु पालो पाउनबाट बञ्चित भएका छन् । 

क्यूभिसीले दैनिक एक सय ५० व्यक्तिहरुलाई सेवा दिने कोटा निर्धारण गरेको छ । त्यसका लागि अनलाइन एप्वाइन्टमेन्ट लिनुपर्छ । कतिपय म्यानपावर कम्पनीहरुले काठमाडौं आइनपुगेको व्यक्तिको पनि अनलाइन एप्वाईन्टमेन्टका लागि आवेदन गर्ने तर तोकिएको समयमा क्यूभिसीमा उपस्थित नहुने गरेका छन् । 

त्यसका कारण दैनिक अनलाइन एप्वाइन्टमेन्ट पाएकामध्ये करिब आधा व्यक्तिको मात्र फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण लिने काम हुने गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष एवं नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्र प्रसाद ढकालले साझा सबाललाई बताए । 

अनुपस्थित व्यक्तिले ठाउँ ओगट्दा काठमाडौंमा आएर फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरणका लागि पर्खिरहेका कामदारको समय र लगानी खेर गैरहेको भन्दै उनले वैदेशिक रोजगारमा जाने व्यक्ति काठमाडौंमा उपस्थित नभएसम्म अनलाइन एप्वाइन्टमेन्टका लागि आवदेन नगर्ने इमान्दारिता व्यवसायीले देखाउनु पर्ने उनले आग्रर गरे । 

क्यूभिसीले एक पटक अनलाइन आवदेन गरेको व्यक्ति तोकिएको समयमा नआए एक हप्तापछि मात्र आवेदन गर्न पाउने व्यवस्था गर्न लागेकोले कामदार आउने निश्चित नभएसम्म एप्वाइन्टमेन्ट लिँदा कामदारकै अहितमा हुने उनको टिप्पणी छ । 

रोजगारका लागि कतार जाने नेपाली कामदारले भिसा, स्वास्थ्य परीक्षण, औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बीमा र भिसा प्रोसेसिङका काम क्यूभिसीबाट पाउने गरेका छन् । 

यस्तै, कामदारको सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि यहीँ पूरा हुने गरेको छ । यी प्रक्रिया पूरा भएपछि कतार पुगेलगत्तै नेपाली कामदारले कतारमा परिचयपत्र पाउने गरेको क्यूभिसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य