२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा ५ सय जनालाई रोजगारी अवसर, शुन्य लागतमा जान चाहनेको लागि उपयुक्त अवसर

२४ पुष २०७७, शुक्रबार ०६:३१

पुस २४, काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ ।

अहिले विदेशका केहि कम्पनीले मात्र शुन्य लागतमा श्रमिक लिने गरेका छन् । नेपालमा एकै म्यानपावर कम्पनीले विदेशका विभिन्न कम्पनीमा श्रमिक पठाउँदा कुनै कम्पनीमा शुन्य लागतमा पठाउँछन् त कुनै कम्पनीमा शुल्क लिएर ।

तर नेपालमा एउटा म्यानपावर कम्पनी छ, जसले श्रमिकबाट नभई रोजगारदाताबाट नै सेवा शुल्क लिएर नेपालबाट विदेशमा श्रमिक पठाउने अभ्यास शुरु गरेको छ । वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गर्दै शुन्य लागतको अवधारणालाई व्यवहारमै लागू गरेर देखाउने प्रयासमा लागेको छ, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लि. ।

हाल इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लिले युएईको आबुदावी नेशनल होटलको लागि ५ सय जनाको डिमाण्ड ल्याएको छ । जुन कम्पनीमा जानको लागि नेपालमा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने म्यानपावर कम्पनीले जनाएको छ । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट पुस २१ गते क्लिनर पद (पुरुष)को लागि पुर्व स्वीकृति लिइएको डिमाण्डमा न्यूनतम मासिक तलब २५ हजार ३८५ रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन ।

डिमाण्डमा आवेदन गर्न यहा क्लिक गर्नुहोला 

आवेदकहरुलाई कुनै मध्यस्थकर्ता वा विचौलियाको प्रयोग बिना सिधा आवेदन गर्न आमन्त्रित गरिएको छ । आवेदक वा आवेदकका परिवारका सदस्यहरुले यस भर्तिको लागि कुनै प्रकारको शुल्क तिर्नु पर्नेछैन । अझ रोचक त के छ भने यदि कोहि कसैले कुनै एजेन्ट वा कर्मचारीलाई रकम दिएको/मागेको  शंका लागेमा उक्त व्यक्तिलाई थप सोधपुछ गरिनेछ साथै अनाधिकृत रुपमा रकम लिने त्यस्ता व्यक्तिलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार हुने सजायको बारे बताएर सचेत गराइने मात्र होइन म्यानपावर कम्पनीलाई रकम तिरेको वा नतिरेको आवश्यक छानविन गर्न म्यानपावर कम्पनीले नै वैदेशिक रोजगार विभागलाई अनुरोध गर्दछ । जसले गर्दा तपाई ढुक्क भएर वैदेशिक रोजगारीमा जान पाउनुहुन्छ ।

स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क जाने श्रमिकले तिर्नुपर्नेछ यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

माघ १ गते गते म्यानपावर कार्यालय ग्वाकोंमा,  माघ २ गते सितल भवन, मुखियापट्टी गाउंपालिका २. धनुषामा र माघ ३ गते  धनउज गाउंपालिका वडा नं ३. झोी कटैया, धनुषामा अन्तर्वार्ता हुने कम्पनीले जनाएको छ।  कोमिड-१८ को रोकथाम प्रकिया र सामाजिक दूरी कायम गरी श्रमिक छनौट अन्तर्वार्ता संचालन गरिने जनाइएको छ ।

ईन्टरनेशनल म्यानपावर रिकुटमेन्ट (आईएमआर) को कुनै मध्यस्तकर्ता तथा  शाखाहरू छैन । वैदेशिक  रोजगारमा जाने कामदारहरुबाट आईएमआरले कुनै पनि शुल्क भुक्त्तानी गर्दैन । यसको मतलब कुनै पनि भर्ती शुल्क नलाग्ने प्रकिया शुल्क नलाग्ने तलब कटौती नहुने नगद जम्मा गर्नु नपर्ने तथा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

अबैध भतीकर्ताहरूदेखि साबधान रहनुहोला । कृपया धोखाधदी, अबैध कियाकलाप वा भ्रष्टाचारको विरुद्ध आईएमआरको स्वतन्त्र तेस्रो पक्ष हटलाइन नं +९७७ १८०११३७७६५ वा [email protected] ईमेलमा रिपोर्ट गर्न सकिने व्यवस्था गरिएको छ । हामी तपाईको गोपनीयताको सुनिश्चित राख्नेछौं । 

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य