२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा म्यानपावरको डिमाण्ड, अर्कैबाट अन्तर्वार्ता र चर्को अशुली (भिडियो सहित)

२०७७, २४ पुष शुक्रबार १५:४२

अनिल अधिकारी | पुस २४, काठमाडौँ | बहराइनको एक कम्पनीमा वैदेशिक रोजगारमा जान लागेका पाँच जना युवाहरुले शुक्रबार बिहान वैदेशिक रोजगार विभागमा उजुरी दिए । उनीहरुको गुनासो थियो 'म्यानपावरले बहराइन जान प्रति व्यक्ति १ लाख ३० हजार माग्यो ।' उनीहरुले विभाग समक्ष गुनासो गर्दै भने 'हामीसँग म्यानपावरले जनही १ लाख ३० हजार मागेको छ । ५० हजार पहिलेनै बुझाएका छौं, हामीसँग म्यानपावरले मागेको जति पैसा त छ तर काठमाडौँ बस्दा होटलमा तिर्नु पर्ने र एयरपोर्टसम्म पुग्ने भाडा पुग्दैन । त्यहि भएर म्यानपावरसँग १/१ हजार छुट दिन आग्रह गर्यौं तर मानेन । त्यहि भएर उजुरी दिन बिभाग आउन बाध्य भयौं ।' 

पीडितहरुको समस्यामा वैदेशिक रोजगार विभागले तत्काल एक्सन लिने योजना बनाएर अनुगमन टोलीसहित बसुन्धरा चौकीमा रहेको ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट म्यानपावरमा छापा हान्यो । छापा हान्ने क्रममा युवाहरुले बुझाएको २ लाख ६२ हजार नगद सहित म्यानपावरका कर्मचारी प्रदिप भण्डारी रंगेहात समातिए । म्यानपावरको जनसम्पर्क डेस्कमा कार्यरत भण्डारीले म्यानपावरका बादल दंगालीको आग्रहमा पीडितहरुसँग पैसा लिएको स्वीकारेका छन् ।


वैदेशिक रोजगार विभागले अनुसन्धानको क्रममा एक्सिस पार्टनर नेपाल प्रा.लिमा आएको डिमाण्डको अन्तर्वार्तादेखि अशुलीको काम समेत ग्रोथ प्रोसेस इम्प्लोइमेन्ट प्रा.लिमा भएको खुलेको छ । ग्रोथ प्रोसेस म्यानपावरमा कार्यरत भनिएका बादल दंगाली एक्सिस पार्टनर नेपालका समेत आवद्ध रहेको अशुलीमा संलग्न कर्मचारी प्रदिप भण्डारीले बताएका छन् । 

विभागले अनुगमन गर्ने क्रममा ग्रोथ प्रोसेस म्यानपावरका संचालकलले आफ्नै म्यानपावरमा भएको आर्थिक कारोवारबारे थाहा नभएको बहाना बनाएका छन् । 


वैदेशिक रोजगार विभागले अनुगमनको क्रममा दुवै म्यानपावर अनुसन्धानमा तानिने साझा सबाल मिडियालाई जानकारी दिएको छ । विभागका अनुसन्धान अधिकृत कुशल बरालले एउटा म्यानपावरको डिमाण्डमा अर्को म्यानपावरले अशुली गरेको पाइएको हुँदा दुवै म्यानपावरको कारोवार रोक्का गरि बिभागमा बोलाइने बताए । 

पीडितहरुको उजुरीको आधारमा बिभागले छापा हानेपछि पिडित पाँचै युवाहरुबाट अशुली गरिएको पैसा फिर्ता हुने र वैदेशिक रोजगारको सम्पूर्ण कागजात उपलब्ध गराई पठाइएको छ । उनिहरुमध्ये ४ जना आज रातिको उडान र एक युवा भोली बिहानको उडानमा बहराइनको लागि उड्दैछन् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस