२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र ओमान बीच हुने श्रम सम्झौताको तयारी, फ्रि भिसाको लागि राजदूत ढकालको आग्रह

१ माघ २०७७, बिहीबार ०६:२०

माघ १, काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भिसाका लागि ओमानसँग आग्रह गरेकी छन् । ओमानमा सम्पन्न उच्चस्तरीय कूटनैतिक भेटघाटका क्रममा राजदूतबाट उक्त आग्रह गरिएको ओमानस्थित नेपाली दूतावासले बताएको छ । 

मंगलबार राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई उनको कार्यकक्षमा भेटघाट गरेको र त्यसक्रममा नेपाल र ओमान सरकारबीच हुने तयारी भएको श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता, ओमानले सयवटा देशलाई प्रदान गर्न लागेको फ्रि–भिसा सम्बन्धी, भिसा उन्मुक्ति सम्झौताको कार्यान्वयन तथा नेपाली दूतावासको भवन निर्माणको प्रगति लगायत विषयमा पछिल्लो अवस्थाका बारेमा जानकारी आदान–प्रदान भएको दूतावासले जानकारी दिएको छ ।


मंगलबार नै राजदूत ढकालले ओमानका नयाँ परराष्ट्रमन्त्री सइद बद्रबिन हमाद बिन हमुद अल बुसैदीले विदेशी राजदूतहरूका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएको दूतावासले जनाएको छ । राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको मानव बेचविखनविरुद्धको अन्तरक्रियामा सहभागी भइ पीडित कामदारहरूका लागि साझा सेल्टरको व्यवस्था गर्न जोड दिएकी छन् ।

दूतावासले राजदूत ढकालले ओमानका लागि लक्जेमबर्गका नवनियुक्त कन्सुलर डा. आदिल अल शाफरी, ओमानका लागि मोरक्कोका राजदूत तारिक अल हिसनसँग नेपालको बहुपक्षीय हितकाबारेमा छलफल गरेको जनाएको छ ।

त्यस्तै ओमानका लागि सिरियाका राजदूत बसाम सैफ इद्दिन अल्ख्तिब, ओमानका लागि यमनका राजदूत डा. खालिद विन सलेह विन शातेफ, ओमानका लागि दक्षिण अफ्रिकाका राजदूत मनाविल शोगोले, जापानका राजदूत तोसिनोरी कोबयासी, ओमनका लागि फिलिपिन्सकी राजदूत इमेल्डा पानोलोङसँग द्विपक्षीय हितमा साथै श्रम बजारको पछिल्लो अवस्था र सहकार्यका अन्य कूटनीतिक विषयहरूमा छलफल गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य