२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको आन्दोलनमा कांग्रेस निकट व्यवसायी मात्रै, नेकपा निकट व्यवसायीद्वारा बहिस्कार

२०७७, ११ माघ आईतवार १४:१५

माघ ११, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तवरले आन्दोलन घोषणा गरेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले आपत्ति जनाएको छ । व्यवसायी संघले आम व्यवसायीलाई नै जानकारी नदिई प्रेस विज्ञप्त्ती जारी गर्दै आन्दोलन घोषणा प्रति मंचले आपत्ति जनाउंदै आन्दोलन नै बहिस्कार गरेको छ ।


म्यानपावर व्यवसायीले आफ्ना २१ बुंदे माग सम्बोधन नगरेको आज भन्दै वैदेशिक रोजगार विभाग घेराउ गर्दै आन्दोलन शुरु गरेका छन् । तर उक्त आन्दोलन गर्नुपूर्व आम व्यवसायीलाई नै जानकारी नदिई छलफल बिना नै आन्दोलन भएको प्रति नेकपा निकट म्यानपावर व्यवसायीले अनविज्ञता व्यक्त गरेका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेकपा निकट व्यवसायी रोहन गुरुङले व्यावसायीको आन्दोलन बारे जानकारी नभएको साझा सवाललाई बताए । संघका निवर्तमान महासचिव सरोज पोखरेल, संघका पुर्व महासचिव नरेश गेलानले पनि जानकारी नभएको बताएका छन् । 


सामुहिक रुपमा सबै व्यवसायी मिलेर डेलिगेसन जाउँ, समस्या समाधानका लागी अल्टिमेटम दिउँ भन्ने थियो तर बुझ्दै नबुझी एकैचोटी आन्दोलनमा जाने कुरा बारे आफुहरुसंग छलफल गरिएन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका संयोजक रामप्रसाद भान्त्वनाले साझा सबालासंग भने "समस्या समाधानका लागि पहिले संवाद र संवादबाट समस्या समाधान हुन नसके मात्र आन्दोलनमा जानुपर्ने मंचको मान्यता रहेको छ ।" विभागबाट समस्या समाधानका लागि पहल गर्ने, विभागबाट नभए श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गर्ने त्यति गर्दा पनि मागहरु समबोधन नभए मात्र अन्तिम विकल्प चरणवद्ध आन्दोलन गर्नुपर्ने मंचको मान्यता रहेको भान्त्वनाले बताए । वैदेशिक रोजगार व्यवसायीका समस्या बारे भोलि (सोमबार) मंचले छुट्टै रुपमा विभागका महानिर्देशकको ध्यानाकर्षण गराउने उनले बताए ।  व्यवसायी संघको अहिलेको कार्यसमितिमा कांग्रेस निकट व्यवसायी मात्रै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो