२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरी अन्तर्वार्ता प्रकरण : श्रममन्त्रीद्वारा एसओएस म्यानपावरको कारवाही फुकुवा (पत्रसहित)

२०७७, १२ माघ सोमबार ०९:३८

मनोज पराजुली । माघ १२, काठामाडौं । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएर श्रमिक पठाउन खोज्ने एसओएस म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । मङ्सिर ८ गते वैदेशिक रोजगार विभागले डिमाण्डको पुर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा एसओएसमा  छापा मारेको थियो ।

उक्त म्यानपावरले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि ६ महिनाका लागि कारोबार रोक्का  गरेको थियो । तर विभागको उक्त निर्णयलाई श्रममन्त्री चौधरीको मन्त्रीस्तरको निर्णयले उल्ट्याइदिएका हुन् । आर्थिक चलखेलका आधारमा कारवाही फुकुवा गर्ने निर्णय भएको वैदेशिक रोजगार विभाग श्रोतले बताएको छ ।

"वैदेशिक रोजगार विभागबाट मिति २०७७/०८/०८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम इजाजतपत्र प्राप्त संस्था एस.ओ.एस. मेनपावर सर्भिसे ज प्रा. लि. ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ र १६ बिपरित काम कारवाही गरेको पष्टपाई हुने कागजात/प्रमाण बरामद भएको नदेखिएको साथै वैदेशिक रोजगार विभागबाट मिति २०७७/८/८ मा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को उपदफा (७) बमोजिम उक्त संस्थाको हाल ६ महिनाको लागि सम्पूर्ण काम कारवाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यारके निद्धान्त विपरित एवं कानून सम्मत भएको नदेखिंदा विभागबाट मिति २०७७/८/८ मा गरिएको उक्त निर्णय बदर गरी एस.ओ.एस.म्यानपावर सर्भिस प्रा.लि.ले नियमित काम कारवाही गर्न पाउने निर्णय गरिदिएँ । वैदेशिक रोजगार विभागबाट प्राप्त भएको सक्कल मिसिल विभागमा फिर्ता गरिदिनु र अन्य व्यहोरा कानून बमोजिम गर्नु ।" मन्त्री चौधरीले गरेको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् निर्णय 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो