२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा रहेका नेपालीहरुका लागि जरुरी सूचना

२०७७, १५ माघ बिहीबार ०९:१७

माघ १५, काठमाडौँ । ओमानमा रहेका नेपालीहरुलाई त्यँहा स्थित नेपाली दूतावासले ओमान सरकारले जारीगरेका निर्देशनहरू पालना गर्न भनेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गईरहेकाले आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो । 

ओमान सरकारको कोरोनाभाइरसको अनुगमन/ मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको 27 जनवरी 202१ को निर्णयानुसार सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाईएको छ ।

दूतावासले सूचना जारी गर्दै ओमान सरकारका स्वास्थ्य निर्देशनको पालना गर्न र सतर्कता अपनाउँन भनेको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिल गर्दछ।'

यसबारे थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं 24696177/24696883 वा हटलाईन 71592490 मा सम्पर्क गर्न  दूतावासले अनुरोध गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19)को महामारी हाल सम्म नियन्त्रणमा आएको छैन् । 

ओमान लगायत प्रायः देशहरूले यसको रोकथामको लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् भने अर्कोतिर विभिन्न मुलुकहरूमा यस भाइरस उत्त्परिवर्तित (mutant) स्वरूपहरूमा फेला परिरहेको र यि अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना