२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका महानिर्देशक फेर्न चलखेल, श्रममन्त्रीमाथि शंका !

१६ माघ २०७७, शुक्रबार ०५:५५

अनिल अधिकारी | माघ १६, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रमा बेथिति बिरुद्ध हलचल उत्पन्न हुँदै गर्दा वैदेशिक रोजगार बिभागका महानिर्देशक फेर्न भीत्री रुपमा चलखेल भईरहेको बुझिएको छ । यस विषयको चर्चा वैदेशिक रोजगार व्यवसायीहरुले नै चलाएका हुन् ।

वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने केहि व्यवसायीहरुले यस सम्बन्धमा मिडियासँग समेत चासो राख्न थालेका छन् । त्यसो त बिभाग स्रोतका अनुसार यसअघि पनि बिभागका महानिर्देशक कुमारप्रसाद दहाललाई सरुवा गर्न दुई पटकसम्म चलखेल गरिएको थियो । 'निवर्तमान श्रममन्त्री रामेश्वर राय यादव एक सातामात्र थप मन्त्री पदमा बस्न पाएको भए बिभागमा महानिर्देशकको सरुवा निश्चित थियो' स्रोतले बताएको छ । 

वैदेशिक रोजगार क्षेत्रको बर्षौं अघिको बेथिति नियन्त्रण गर्ने प्रयास गर्दैगर्दा आफूलाई सरुवा गर्ने प्रयास भईरहेको बिषयमा यसअघि दुईपटकसम्म हल्ला सुनेको वैदेशिक रोजगार बिभागका महानिर्देशक दहालले बताए । उनले भने 'मैले पद सम्हालेको एक बर्ष पुग्दैछ, ७ महिना त कोरोनाको कारण वैदेशिक रोजगार क्षेत्र ठप्पनै रह्यो । अब काम गर्न सुरु गरेको ४/५ महिनामै सरुवाको कुरा सुनेको छु तर कतिसम्म सत्य हो भन्ने कुरा सरुवाको पत्र नआउनजेल मलाई थाहा हुँदैन ।'

बिभागले केहि महिना यता म्यानपावर क्षेत्रमा नियमित अनुगमन र कारवाही बढाएको छ । यसैको बिरोधमा गत आइतबार वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी धर्ना दिन समेत पुगे । म्यानपावर व्यवसायीले विभागका महानिर्देशकविरुद्ध नाराबाजी गर्दै व्यवसायीले चाहे भने मन्त्रालयको मन्त्री त परिवर्तन हुने भन्दै डीजीलाई फेर्नु ठूलो कुरा नरहेको बताएका थिए । आइतबारको धर्ना कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका एक अधिकारीले भने 'व्यवसायीको माग पूरा हुँदैन भने यो डीजी रहेसम्म व्यवसायीले काम गर्नेवाला छैनन् । आजको मितिबाट छापा हान्ने काम भयो भने हामी मुठभेडमा जान्छौं ।' धर्नाको क्रममा उनिहरुले म्यानपावरमा छापा हान्दा मिडिया लान नपाउने माग समेत राखेका थिए । 

श्रममन्त्री माथि शंका ! 

वैदेशिक रोजगार विभागले निलम्बनमा राखेको एसओएस म्यानपावर सर्भिसेजलाई बिभागको राय समेत नबुझी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फुकुवा गर्ने टिप्पणी उठाईदिएपछि वैदेशिक रोजगार क्षेत्रमा श्रममन्त्रालयले कसको कुरा सुन्छ भन्ने झल्को प्रस्तुत भएको छ । कतारमा प्रहरी पठाउन अनुमति नलिई अन्तर्वार्ता लिएको भन्दै विभागले एसओएसलाई ६ महिनासम्म निलम्बन गरी छानबिन सुरु गरको थियो । एसओएसमा कतार पुलिसको लागि अन्तर्वार्ता दिन सयौं युवाहरु पुगेको भिडियो समेत भाईरल भएको थियो तर त्यो भिडियोलाई समेत आधार नमानी मन्त्रालयले एसओएस माथिको कारवाहीको फाइललाई क्लिन चिट दियो ।

राजनीतिक रुपमा उच्च पहुँच राख्ने तथा कतार भिसा सेन्टरको संचालक समेत रहेका हेम गुरुङ अध्यक्ष रहेको एसओएसलाई समेत निलम्बनमा राख्ने बिभागका महानिर्देशकको आँट देखेर व्यवसायीहरु हच्किएका थिए । तर जब नयाँ मन्त्री गौरीशंकर चौधरीले बिभागको निलम्बन निर्णयलाई बिभागसँग सल्लाह समेत नगरी मनोमानी निर्णय गरिदिएपछि व्यवसायीहरु श्रम मन्त्रालयप्रति सकारात्मक बनेका छन् । 

पछिल्लो समय बिभागका महानिर्देशकले गरेको निर्णयलाई मन्त्रीलेनै उल्ट्याईदिएपछि श्रम मन्त्रालयमा कसको पक्षमा काम भईरहेको छ भन्ने शंका उत्पन्न भईरहेको छ । आफू मातहतको जिम्मेवार निकायले गरेको निर्णयलाई एकपटक कारवाही गर्ने निकायको समेत राय नलिई मनोमानी निर्णय गरिदिनुले श्रम मन्त्रालयको कार्यशैलीप्रतिनै प्रश्न उठेको छ । साथै मन्त्रालयको  निर्णयले आफ्नो मन चिसिएको बिभागका महानिर्देशक दहालले भाव प्रकट गरेका छन् । 

मन्त्रालयको पछिल्लो निर्णयले बिभाग मातहतका कर्मचारी समेत असन्तुष्ट बनेका छन् । एक कर्मचारीले भने 'जुन उत्साहले बेथिति बिरुद्ध अनुगमन हुन्थ्यो अब यसरी मन्त्रालयले उल्ट्याउन थाल्यो भने कसरी काम गर्ने ?' उनले अगाडी भने 'सरकारी क्षेत्र किन सुध्रदैन भन्ने कुरा यस्तै भएर रहेछ । सबै सरकारी कर्मचारी उस्तै हुन्छन् भन्ने छैन, हामीलाई राम्रो काम गर्ने उत्साह दिने हो भने हामीले परिणाममुखी काम गर्न सक्छौं तर गर्न रोकिएपछि कसरी गर्नु ?' 

अर्का एक कर्मचारीले थपे 'बाहिर म्यानपावर व्यवसायीहरू अनुगमननै गर्न पाउदैनस् भन्दै कराउदै थिए । अब अनुगमनमा आईस भने मुठभेड गर्छु भन्दै धम्कि दिंदै थिए । त्यसैबेला हाम्रो मन्त्रालयले हामीले गरेको कामलाई उल्ट्याउदै थियो ।' 

वैदेशिक रोजगार बिभागले अनुगमन गरि कारबाही गर्न सिफारिस गरेको म्यानपावरले श्रममन्त्रीसमक्ष पुनरावलोकन गर्न पाउने नियम छ । त्यसै नियमलाई एसओएसले आफूमाथि अन्याय भएको भन्दै तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवसमक्ष पुनरावलोकनका लागि निवेदन दिएपनि उनले कुनै निर्णय नगरी मन्त्रालय छाडे । तर, नयाँ मन्त्री गौरीशंकर चौधरी आएसंगै विभागको निर्णय बदर भयो । म्यानपावरको पक्षपोषण गरि मन्त्री चौधरीले निर्णय गरेपछि उनको जनस्तरबाट आलोचना समेत भएको छ । बिभागको निर्णयलाई बिभागको राय समेत नबुझी बदर गरिदिनुले मन्त्रालय आफ्नै मातहतको निकाय बिरुद्ध रहेको देखिएको छ । यसै छनकले व्यवसायीहरु अब बैदेशिक रोजगार बिभागका महानिर्देशक परिवर्तन हुँदैछन् भन्ने कुरालाई लिएर उत्साहित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ