२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा निर्दोष नेपालीलाई नौ करोड जरिवाना

२०७७, १७ माघ शनिबार ०३:१६

माघ १७, काठमाडौं | यूएईमा पानीमा डुबेका एक विदेशी नागरिकलाई बचाउने क्रममा दुई नेपालीलाई कानुनी झन्जट आईलागेको छ ।

लाइफगार्डको रुपमा युएईको ट्रान्डो ग्रुप कम्पनीमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगानाले एकजना सिरियन नागरिक पौडी खेल्ने क्रममा डुबेपछि उद्दार गरेका थिए । तर उपचारको क्रममा सिरियन नागरिकको शरीरका सातवटा अंगले काम गर्न छाडेपछि उनका परिवारले नेपाली सुरक्षागार्डलाई दोषी देखाउँदै अदालतमा मुद्दा हाले । सोहि मुद्धाको परिवन्दमा परेपछि नेपालीहरुलाई करिव नौ करोड बराबरको जरिवाना तोकिएको हो ।

अदालतले ढुंगाना र श्रेष्ठलाई दोषी देखाएर जनही १४ र १४ लाख यूएई दिराम जरिवाना तोकेको छ । अदालतबाट दोषी पाइएका श्रेष्ठ र ढुंगानाले रोजगारी समेत गुमाएका छन् । 

आफूहरुलाई समेत जोखिममा राखेर काम गर्दा आफैलाई समस्या परेको नेपालीहरुले बताएका छन् । नेपाली दूतावास र एनआरएनए  तथा अन्य सामाजिक संस्थालाई गुहारिरहेका उनीहरुले सजाय माफीको लागि अपील पनि गरेका छन्  । उनीहरुले उद्धारका लागि नेपाल सरकार, दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन  बोर्ड, परराष्ट्र मन्त्रालय, यूएईमा रहेका सामाजिक संस्था लगायतलाई गुहारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस