२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने दश मेडिकल सेण्टरको सूचीकरण खारेज

१९ माघ २०७७, सोमबार ०५:३४

माघ १९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरणका लागि कागजात पेश नगरेको भन्दै दशवटा  मेडिकल सेण्टरको सूचीकरण खारेज गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको थियो ।

मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । मन्त्रालयले पुस मसान्तभित्र नवीकरणका लागि कागजात पेश गर्न विशेष कारणले नभ्याएका संस्थाहरुलाई कारण खुलाई १५ दिनभित्र निवेदन दिन पाइने सूचना सार्वजनिक गरेको थियो । मन्त्रालयले तोकिएको समयभित्र नवीकरणका लागि कागजात पेश नगरेका र कागजात पेश गर्न नसकेको सम्बन्धमा दिएका निवेदनहरुलाई विशेषज्ञ समितिमा पेश गर्दा त्यसमा चित्त बुझ्दो जवाफ नरहेको भन्दै स्वास्थ्य संस्थाहरु खारेज गरेको हो ।

मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थाहरुमा महाराजगञ्जस्थित सुधा हेल्थ एण्ड मेडिकल सेन्टर, त्रिपुरेश्वरस्थित साउदी नेपाल मेडिकल सेन्टर प्रा.लि., जनकपुरमा रहेको अनुरोध पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, झापाको गोदावरी डायग्नोष्टिक सेन्टर प्रा.लि. रहेका छन् । त्यसैगरी खारेजीमा परेका अन्य संस्थाहरुमा रानीवारी काठमाडौंको पर्फेक्ट डायग्नोष्टिक सेन्टर प्रा.लि., महराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पताल प्रा.लि. ललितपुर जावलाखेलस्थित अल्का अस्पताल प्रा.लि. सातदोवाटोस्थित अल्का पोलिक्लिनिक प्रा.लि. काठमाडौं पिंगलस्थानस्थित रिलायवल मेडिकल सेन्टर प्रा.लि. र झापास्थित कन्काई डायग्नोष्टिक सेन्टर प्रा.लि रहेका छन् ।

मन्त्रालयले सूचीकरण खारेज भएका स्वास्थ्य संस्थालाई तत्काल आफ्नो धरौटी फिर्ता लैजान आग्रह गरेको छ । यसअघि वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको ३ लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पुर्‍याउनु पर्नेमा उक्त धरौटी नराखेका तीन दर्जन स्वास्थ्य संस्थाको लाइसेन्स खारेज भएको थियो ।

वैदेशिक रोजगार ऐनको दफा ७२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ क बमोजिम स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन दिइसक्नु पर्ने प्रावधान छ । नवीकरण नगरी खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न नपाउने व्यवस्था छ । यसअघि पनि तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने करिब तीन दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ