२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने दश मेडिकल सेण्टरको सूचीकरण खारेज

२०७७, १९ माघ सोमबार ०५:३४

माघ १९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरणका लागि कागजात पेश नगरेको भन्दै दशवटा  मेडिकल सेण्टरको सूचीकरण खारेज गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको थियो ।

मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । मन्त्रालयले पुस मसान्तभित्र नवीकरणका लागि कागजात पेश गर्न विशेष कारणले नभ्याएका संस्थाहरुलाई कारण खुलाई १५ दिनभित्र निवेदन दिन पाइने सूचना सार्वजनिक गरेको थियो । मन्त्रालयले तोकिएको समयभित्र नवीकरणका लागि कागजात पेश नगरेका र कागजात पेश गर्न नसकेको सम्बन्धमा दिएका निवेदनहरुलाई विशेषज्ञ समितिमा पेश गर्दा त्यसमा चित्त बुझ्दो जवाफ नरहेको भन्दै स्वास्थ्य संस्थाहरु खारेज गरेको हो ।

मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थाहरुमा महाराजगञ्जस्थित सुधा हेल्थ एण्ड मेडिकल सेन्टर, त्रिपुरेश्वरस्थित साउदी नेपाल मेडिकल सेन्टर प्रा.लि., जनकपुरमा रहेको अनुरोध पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, झापाको गोदावरी डायग्नोष्टिक सेन्टर प्रा.लि. रहेका छन् । त्यसैगरी खारेजीमा परेका अन्य संस्थाहरुमा रानीवारी काठमाडौंको पर्फेक्ट डायग्नोष्टिक सेन्टर प्रा.लि., महराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पताल प्रा.लि. ललितपुर जावलाखेलस्थित अल्का अस्पताल प्रा.लि. सातदोवाटोस्थित अल्का पोलिक्लिनिक प्रा.लि. काठमाडौं पिंगलस्थानस्थित रिलायवल मेडिकल सेन्टर प्रा.लि. र झापास्थित कन्काई डायग्नोष्टिक सेन्टर प्रा.लि रहेका छन् ।

मन्त्रालयले सूचीकरण खारेज भएका स्वास्थ्य संस्थालाई तत्काल आफ्नो धरौटी फिर्ता लैजान आग्रह गरेको छ । यसअघि वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको ३ लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पुर्‍याउनु पर्नेमा उक्त धरौटी नराखेका तीन दर्जन स्वास्थ्य संस्थाको लाइसेन्स खारेज भएको थियो ।

वैदेशिक रोजगार ऐनको दफा ७२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ क बमोजिम स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन दिइसक्नु पर्ने प्रावधान छ । नवीकरण नगरी खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न नपाउने व्यवस्था छ । यसअघि पनि तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने करिब तीन दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु