२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको राहदानी विदेशमा हरायो ? यस्तो छ MRP राहदानी बनाउने प्रक्रिया

२० माघ २०७७, मंगलवार ०९:२८

माघ २०, काठमाडौँ । संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा बस्ने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मेशिन रिडेवल राहदानी (MRP) लिन चाहेमा,राहदानी हराएमा,मेशिन रिडेवल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा,तपाइँ आफ्नो नयाँ राहदानी बनाउन सक्नुहुन्छ । जसको लागि निम्न अनुसार  कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोस ।

-दुर्इ प्रति राहदानी फारामhttp://nepalpassport.gov.np वाट डाउनलोड गरेर भर्ने,

-हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि

-युएर्इको भिषा भएको पानाको प्रतिलिपि एक

-नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक

-राहदानी दस्तूर २००.०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको पासपोर्टको हकमा दि. ४००.०० दस्तुर लाग्ने छ।

-निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।

यदि राहदानी हराएको भएमा थप कागजातहरू 

-राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन

-कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र समेत

-यदि युएर्इमा जन्मेको वच्चाको लागि भएमा आवश्यक कागजातहरू

-युएर्इको स्वास्थ्य प्राधिकरणबाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,(युएर्इको परराष्ट्र मन्त्रालयवाट प्रमाणित भएको हुनु पर्ने)

-वच्चाको वावुआमा दुवैको राहदानीका प्रतिलिपिहरू

-वच्चाको वावुआमा दुवैको भिषाका प्रतिलिपिहरू

-वच्चाको वावुआमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि

-वच्चाको वावुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू

-राहदानी दस्तुर दि. १००.००

-बच्चालाइ लिएर अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ ।

यी कुरामा ध्यान दिनुहोस 

-फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ । तोकिए वमोजिमको फरम्याटमा डाउनलोड गरेर टाइप  गरेर मात्र विवरण भर्नु पर्ने हुन्छ ।

-फाराम भर्दा  ल्याप्चे लगाउने कोठाहरूमा र हस्ताक्षर गर्न नसक्ने कुनै पनि उमेरका निवेदेकहरूले केही पनि नलेखी मात्र × चिन्ह लगाउन सक्ने छन् ।

-कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन ।

-राहदानी तयार भर्इ नेपालवाट यस राजदूतावासमा आर्इपुग्न निवेदन दर्ता भएको मितिले करीब १ महिना लाग्छ । तसर्थ, राहदानी वनेर आर्इपुगेको खवर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Website वाट -थाहा पाउन सकिने छ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेकोरसीद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।

-शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १.०० वजेसम्म निवेदन पेश गर्न सकिने छ ।

-राहदानी सम्बन्धी विस्तृत जानकारीhttps://nepalpassport.gov.np/ वाट प्राप्त गर्न सकिने छ ।

स्रोत ;युएई स्थित नेपाली दूतावास 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ