२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिक लैजान कोरियाले सकारात्मक पहल गर्दै

२५ माघ २०७७, आईतवार १२:२०

माघ २५, काठमाडौँ । कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ ।

नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संसाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण यो प्रक्रिया रोकिएक थियो । पछिल्लो समय एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो । 

हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेको छ ।

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्रमिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायत विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो ।

कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । यसबाट कोरिया जाने तयारीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवेशाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड–१९ को मापदण्ड पूरा गरी नेपाल फर्किरहेका छन् ।

गत चैतयता प्रतिबद्ध छ हजार ५०० नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड सङ्कट लम्बिएपछि भिसा पाएका प्रतिबद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका छ हजार ५००नेपालीमध्ये ७०० को रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म दुई हजार ५३६ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किसकेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ