२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाबारे निर्णय गर्दा मौलिक अधिकार कुण्ठित गरिँदैन : अध्यागमन विभाग

२९ माघ २०७७, बिहीबार ०६:२४

माघ २९ , काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफिकी मुलुक जस्ता जोखिम सम्भाब्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफनो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।

यो विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै विभागले सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरिने बताएको छ ।‘नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य