२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकलाई कोरोना विरुद्दको खोप निःशुल्क,क-कसले पाउँछन् ?

३० माघ २०७७, शुक्रबार ०५:३५

माघ ३०, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप मलेसियाले पनि लगाउने तयारी गरेको छ । मलेसिया सरकारले फेब्रुअरीको अन्तिम सातादेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गर्ने भएको हो ।

'आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ ' भन्ने अभियानका साथ् सरकारले मलेसियामा कार्यरत विदेशी श्रमिकलाई पनि कोभिड-१९ विरुद्दको खोप लगाउने घोषणा गरेको छ । मलेसियामा गैरकानुनी रुपमा बसेका श्रमिकहरुले पनि कुरोना बिरुद्धको खोप निशुल्क पाउने भएका छन् ।

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलब्ध गराउने भएको हो । विदेशी श्रमिकलाई खोप लगाएर मलेसियन नागरिकलाई पनि सुरक्षित बनाउन, हर्ड ईम्यूनिटी विकास गर्न तथा आप्रवासी श्रमिकले मलेसियाको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै विदेशी श्रमिकलाई खोप उपलब्ध गराउन लागिएको सरकारले जनाएको छ ।

यद्यपी खोप पाउनेमा मलेसियन नागरिकहरुले प्राथमिकता पाउने जनाइएको छ । विदेशी  नागरिकले कहिले देखि खोप सुविधा प्राप्त गर्नेछन् भन्ने छिट्टै जानकारी दिने जनाइएको छ । 

अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकका साथै कुटनीतिक नियोगका कर्मचारी, विदेशी नागरिक, विदेशी नागरिकका श्रीमान श्रीमति तथा छोराछोरीहरु त्था शरणार्थीहरुलाई निःशुल्क रुपमा खोप दिने निर्णय मन्त्री परिषदले गरेको मलेसियाका विज्ञान मन्त्री खेरी जमालुद्दिनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य