२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी: घरबाटै आवेदन दिन सकिने, कति लाग्छ लागत ?

२०७७, २ फाल्गुन आईतवार ०३:१५

फागुन २, काठमाडौँ | वैदेशिक रोजगार विभागले फागुनको दोश्रो सातासम्ममा इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी गरेको छ । गत असोजमा इजरायलमा केयर गिभर कामका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता  भएपनि आवेदन माग भएको छैन । 

इजरायलले पहिलो चरणमा ५०० जना केयरगिभर पदको लागि रोजगारी खुला गर्दैछ । ५०० जनाको कोटामा ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला कामदारहरु इजरायल जान पाउनेछन् । 

यसअघि एक अन्तर्वार्तामा बैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दहालले इजरायल रोजगार सम्बन्धि दिएको जानकारी सहितको भिडियो हेर्न सक्नुहुन्छ । यसैबीच विभागका महानिर्देशक दहालका अनुसार इजरायल रोजगारको लागि अनलाइनबाटै आवेदन माग गर्ने सफ्टवेयर अन्तिम चरणमा पुगिसकेको जनाएका छन् । उनको अनुसार अबको केहि दिनमा आवेदनको सबै तयारी पुरा हुनेछ । 

इजरायलमा केयर गिभरमा रोजगारीमा जान सरकारी माध्यम प्रयोग गर्न पाइन्छ । यो पटक इजरायल रोजगारीको लागि निजी क्षेत्रको संलग्नता रहेको छैन । त्यसैले सरकारी निकायले हदैसम्मको पारदर्शी बाटोबाट कामदार छनोट गर्ने दावी गरिरहेका छन् । त्यसो त सरकारी निकायहरुलाई समेत शंका गर्दै बिभिन्न टिप्पणीहरु गरिएका छन् । 

विभागका महानिर्देशक दहालले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार इजरायलमा केएरगिभरमा जानको लागि कम्तिमा एसएलसी पास हुनुपर्छ । एसएलसी पास भएकाहरुले कम्तिमा १५ महिनाको मेडिकल वा प्यारामेडिकलको तालिम लिएको हुनुपर्छ । प्लस २ पास गरेकाहरुले भने केएरगिभरको तीन महिने तालिम लिएको हुनुपर्छ । त्यस्तै उचाई कम्तिमा ५.१ इन्च हुनुपर्छ । तौल ४५ केजी भन्दा बढी हुनुपर्छ । उमेर हद कम्तिमा २५ बर्षदेखि ४५ बर्षभीत्रको हुनुपर्छ । 


वैदेशिक रोजगार बिभागका अनुसार पांच सय केयर गिभर इजरायलमा रोजगारमा पठाउने प्रायोजनको लागि आन्तरिक कार्यविधि बनाई अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गर्ने तयारी भइरहेको छ । बिभागका अनुसार इजरायल जानको लागि आफ्नै घरबाट आवेदन दिन पाइन्छ । 

सरकार आफैले इजरायल पठाउने काममा भूमिका खेले पनि छनोट भएका कामदारहरुले इजरायल रोजगारको लागि सम्पूर्ण लागत आफै व्यहोर्नुपर्छ । त्यसो भए इजरायल जानको लागि कुल लागत कति लाग्छ ? भन्ने प्रश्नको एकिन जवाफ भने आइसकेको छैन । तर इजरायल जानको लागि पासपोर्ट बनाउँदादेखि इजरायल रोजगारमा पुग्दासम्मको कुल खर्च कम्तिमा एक लाखदेखि बढीमा एक लाख ५० हजार सम्म लाग्ने अनुमान छ । 

सरकारले खाडीका छ देश र मलेसिया रोजगारीमा जाँदा रोजगारदाताले नै टिकट र भिसा शुल्क दिनुपर्ने नीति लिएको अवस्था छ । तर सरकार आफैले पठाउदा भने लागत महंगो हुने टिप्पणी उठ्दै आएको छ । यसअघि कोरिया रोजगारको लागि पनि सरकारी प्रक्रियाबाटै रोजगारमा युवाहरु गईरहेका छन् । कोरिया रोजगारमा जाँदा पनि एक लाख लागत जाने कामदारलेनै तिर्नुपर्ने हुन्छ । यसै विषयलाई लिएर वैदेशिक रोजगारमा पठाउने इजाजत लिएका म्यानपावर कम्पनीहरुले गुनाशो गर्दै आएका छन् 'सरकार आफैले कामदार पठाउँदा एक लाख लिने अनि हामीले पठाउँदा १० हजारमा कसरी पठाउन सकिन्छ ?' 

म्यानपावरहरुको प्रश्नमा सरकारी अधिकारीहरुले भन्ने गरेका छन् 'फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएका देशहरुमा कामदार पठाउँदा अलि बढी लागत लाग्छ तर सम्बन्धित मुलुकले कामदार लिंदा फ्री भिसा तथा फ्री टिकट दिएका छन् भने लागत लाग्दैन । 

इजरायल रोजगार सम्बन्धित थप जानकारी पाईराख्न Baideshik Rojgar मोबाइल एप डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त