२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा २५० जनालाई रोजगारीको अवसर, तलव १ लाख १६ हजार

२ फाल्गुन २०७७, आईतवार ०९:४१

फागुन २, काठमाडौँ । वैदेशिक रोजगारीका लागि अफगानिस्तानबाट २ सय ५० जनाको माग आएको छ । ललितपुरको कुसुन्तीमा रहेको एफ एस आई वर्ल्ड वाइड नेपाल प्रा. लि.प्रा. लि. ले अफगानिस्तानको लागि २५० जनाको डिमाण्ड  ल्याएको हो ।

एसआईवर्ल्डले अफगानिस्तानको GARDAWORLD FEDERAL SERVICE कम्पनीको लागि (लट नम्बर २३६०७१) Armed Guard को डिमाण्ड ल्याएको हो ।  वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ २९ गते डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ ।  न्यूनतम मासिक तलब युएस डलर १००० अर्थात् १ लाख १६ हजार ११०  रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि १ वर्षको हुने उल्लेख छ ।

विज्ञापन अनुसार अन्तर्वार्ता आगामी फागुन १२ र १३ गते म्यानपावर कार्यालय ललितपुरमा हुनेछ । स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क, भिसा स्ट्यापिङ्ग शुल्क लगायत सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीलाई कुनै पनि शुल्क तिर्नु नपर्ने जनाईएको छ ।

इण्डियन आर्मीको हकमा उमेर ४१ वर्ष ननाघेको, अवकाश पत्र र पी.पी.ओ. अनिवार्य रूपमा हुनुपर्नेछ  । नेपाल आमीको हकमा उमेर ४१ वर्ष ननाघेको अवकास पत्र र पेन्सन पट्टा भएको साथै अनिवार्य एसएलसी उत्तीर्ण गरेको सक्कल प्रमाण पत्र हुनुपर्नेछ र (सिंध नाथ गण (Commando) मैरवनाथ गण (Para Commando), युद्ध भैरत गण (Special Force), महावीर गण Rangers गणबाट अवकाश (पेन्सन) भएका सिपाहीहरुलाई मात्र हबल्दार पद भन्दा तल पद भएकाहरू मात्र) यी मापदण्डहरू मेल खाने इच्छुकहरुले यथाशीघ  म्यानपावर कार्यालयमा सम्पर्क गर्न सकिनेछ । 

सक्कल प्रमाणपत्र अनिवार्य हुनुपर्ने छ । यदि नक्कली भेटिएमा सम्बन्धित निकायबाट कारवाही हुने जनाइको छ। शनिबार र आइतबार म्यानपावर कार्यालय बन्द रहनेछ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

यो डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य