२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीमै विदेश जाँदै युवा

२०७७, ६ फाल्गुन बिहीबार ०५:२०

फागुन ६, कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ । 

कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताउनुभयो । “कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो”, उहाँले भन्नुभयो, “गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।” विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उहाँको भनाइ छ । 

त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ । श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन् । कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७६÷२०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिनुभयो । पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन् । खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस