२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ महिनामा १७ हजार ८ सय ८७ श्रमिक विदेशिए,कुन देश जानेको संख्या कति ?

६ फाल्गुन २०७७, बिहीबार ०७:२८

फागुन ६, काठमाडौँ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिम कायमै रहेपनि नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । 

तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको र खोप लगाउँन सुरु भएसंगै रोजगारीका लागि विदेशिनेको संख्या बढेको हो । 

गत माघ महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जना विदेशिएका छन् । रोजगारीका लागि विदेशिनेमा पुरुषको संख्या महिलाको तुलनामा धेरै रहेको छ । बैदेशिक रोजगार विभागका अनुसार उक्त महिनामा १४ सय ५१ महिला रोजगारीको लागि विभिन्न देश गएका छन् भने,१६ हजार ४ सय ३६ पुरुष विदेशिएका छन् ।

माघ महिनामा रोजगारीको सिलशिलामा विदेशिएका नेपाली श्रमिकको रोजाइमा युएई,साउदी अरब,कतार,ओमान,बहराइन,कुवेत,मलेसिया रहेका छन् । सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स गएका छन् । 

४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी जम्मा ५ हजार २ सय ८ जना नेपाली युएई गएका छन् । यस्तै साउदी अर्ब ४ हजार ९ सय ७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन् । त्यसपछि कतारमा ४ हजार ९ सय ६६ जना नेपाली रोज्गारिका लागि माघ महिनामा गएको बैदेशिक रोजगार विभागको तथ्यांक छ ।

यस्तै ओमानमा ३४४ जना रोजगारीको लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य