२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षित वैदेशिक रोजगारीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन

२०७७, १० फाल्गुन सोमबार ०६:५४

फागुन १०, बाग्लुङ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन् । 

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो । सचेतना कार्यक्रममा सहभागी भएकाले चासोका साथ रोजगारीको विषयमा जानकारी लिने गरेका छन् । 

स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत ती स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मीनप्रसाद उपाध्याले जानकारी दिए । 

वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ । यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन् । वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ । 

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ । 

बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको संयोजक उपाध्याको भनाइ छ । “विदेश जाँदा घरमा कागजात छोड्नुपर्ने विषयमा जानकारी थिएन”, बानपा–६ का देवेन्द्र परियारले भने, “सानो सतर्कता  अपनाउँदा  न्यायिक पहुँचमा जान सकिने जानकारी भयो ।”

वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना ९सामी० तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका १५६ स्थानीय सरकारको नेतृत्वमा सञ्चालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ । 

वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मङ्सिरदेखि सामी  परियोजना सञ्चालनमा रहेको छ । 

परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थपनाको काम गर्दै आएको विवाइसीका अध्यक्ष मणि शर्माले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस