२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसियामा रोजगारी:म्यानपावरले डिमाण्ड स्वीकृति लिएका छैनन् तरपनि कसरी जाँदैछन् सयौं युवा?

१० फाल्गुन २०७७, सोमबार ०८:४६

फागुन १०, काठामाडौं । वैदेशिक रोजगारीको लागि पछिल्लो समय क्रोएशिया जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ५ सय ७५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका छन् ।

क्रोएसियामा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरु बढेसंगै केहि म्यानपावर कम्पनी र एजेन्टहरुले अनधिकृत रुपमा युवाहरुबाट रकम संकलन गरिरहेको गुनासो पनि बढ्दै गएको पाइएको छ । साझा सबाल मिडिया मार्फत क्रोएसियामा रोजगारीको लागि भन्दै अग्रिम रुपमा १ लाख डिपोजिट मागिएको, डिमाण्ड सहि हो कि होइन जस्ता जस्ता गुनासाहरु आउने क्रम बढेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार संस्थागत रुपमा म्यानपावर कम्पनीले हालसम्म क्रोएसियाको डिमाण्ड पुर्व स्वीकृति लिएका छैनन् । यसबारे जानकारी दिंदै साझा सबाल मिडियाले आफ्नो फेसबुक पेज मार्फत सावधान : म्यानपावर कम्पनीले क्रोएसियाको लागि हालसम्म कुनै पनि डिमाण्ड को पुर्व स्वीकृति लिएका छैनन् अर्थात् आधिकारिक डिमाण्ड छैनन् भन्ने जानकारी मुलक संदेश पोष्ट गरेको थियो । सो लगत्तै सामाजिक संजालमा युवाहरुको आ आफ्नै तर्क गर्न तल्लीन देखिएका छन् । कोहि हावा जानाकारी भन्दैछन् त कोहि म क्रोएशियामा पुगेर काम नै शुरु गरिसके भन्दै कमेन्ट सम्म गरेको भेटियो । 

के हो वास्तविकता ? 

वैदेशिक रोजगारीको लागि सरकारले संस्थागत रुपमा (म्यानपावर कम्पनी मार्फत)एक सय १० देश र व्यक्तिगत रुपमा जानको लागि एक सय ७२ देश खुला गरेको छ । जस अन्तर्गत क्रोएसियामा पनि संस्थागत रुपमा नै जान सकिने व्यवस्था छ । तर क्रोएसियाको लागि नेपालमा संचालित कुनै पनि म्यानपावर कम्पनीले आधिकारिक रुपमा डिमाण्डको पुर्व स्वीकृति लिएका छैनन् । 

म्यानपावर कम्पनीले सम्बन्धित देशको डिमाण्ड नेपाली दुतावासबाट प्रमाणीकरण गरी वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलबाट डिमाण्डको पुर्व स्वीकृति लिनुपर्छ । पुर्व स्वीकृति लिएपछि ताहाचल कार्यालयले डिमाण्डको लट नम्बर उपलब्ध गराउँछ जसलाई राखेर म्यानपावर कम्पनीले सार्वजनिक जानकारीको लागि कुनै पनि राष्ट्रिय दैनिक पत्रिकामा ७ दिनको म्याद सहित डिमाण्ड प्रकाशन गर्नुपर्ने हुन्छ तर अहिलेसम्म कुनै म्यानपावर कम्पनीले यो प्रक्रिया अवलम्बन गरेका छैनन् । पछिल्लो समय जो क्रोएसिया पुगेका छन् उनीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र गएका छन् । 

हेर्नुहोस् विभागको रेकर्ड 

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा ६ सय ३९ जना व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर, वैधानिकरण गरेर ६ जना र  पुन: श्रम स्वीकृति लिएर १ जना गरी जम्मा ६४६ जना मात्र क्रोएसिया पुगेका छन् । गत वर्ष म्यानपावर कम्पनीले एक जना पनि क्रोएसिया पठाएका छैनन् ।


त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा ५७५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका छन् । माघ महिनामा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर १३५, वैधानिकरण गरेर १ जना र पुन: श्रम स्वीकृति २ जना गरी १३८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै पुस महिनामा व्यक्तिगत नयाँ श्रम स्वीकृति ६५, वैधानिकरण गरेर १ जना गरी ६६ जनाले श्रम स्वीकृति लिएका छन् ।  

मङ्सिर महिनामा  व्यक्तिगत नयाँ श्रम स्वीकृति ७८ जनाले, कार्त्तिक महिनामा व्यक्तिगत नयाँ श्रम स्वीकृति १३५ जनाले,  असोज महिनामा व्यक्तिगत नयाँ श्रम स्वीकृति १५६ जना र वैधानिकरण गरेर १ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी भदौ महिनामा एक जनाले पनि क्रोएसियाको लागि श्रम स्वीकृति लिएका छैनन् भने साउन महिनामा वैधानिकरण गरेर १ जनाले श्रम स्वीकृति लिएका छन् । यस तथ्यांकबाट थाहा हुन्छ कि क्रोएसियाको लागि कुनै पनि म्यानपावर कम्पनीले संस्थागत रुपमा श्रम स्वीकृति निकालेका छैनन् ।



इजाजतपत्र समेत रद्द हुने व्यवस्था छ : निर्देशक, न्येउपाने

वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी न्येउपाने म्यानपावर कम्पनीले डिमाण्ड पुर्व स्वीकृति बिना श्रमिक विदेश पठाएमा त्यस्ता कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही गरिने बताउँछन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ अनुसार इजाजतपत्रबालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजाय सम्बन्धि व्यवस्था छ । जस अनुसार कुनै इजाजतपत्रवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा वा कुनै इजाजतपत्रवालाले कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम सोको पचास प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतपवालालाई तीन लाख रुपैंया देखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ र त्यस्तो इजाजतपत्रवालाको  इजाजतपत्र समेत रद्द हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य