२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजै तीन म्यापावरमा छापा, अवैध अन्तर्वार्ता लिंदै गर्दा मिडिया र बिभाग पुगेपछि भागाभाग

१० फाल्गुन २०७७, सोमबार १५:३४

फागुन १० , काठमाडौँ । सोमबार मात्र वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा मारेको छ । बिभागले बिभिन्न दुई म्यानपावरले एजेन्ट प्रयोग गरि वैदेशिक रोजगारमा जाने युवासंग बढी लागत लिएको र एक म्यानपावरले अवैध अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको हो । यस सम्बन्धित भिडियो सहितको रिपोर्टहरु मंगलबार (भोली) हेर्न सक्नुहुनेछ । 

वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले सोमबार बिहान महाराजगंज स्थित अलआसमाक्स कम्पनीमा छापा मारेको छ । अलआसमाक्स कम्पनीबाट आजै युएई जान लगेका एक युवासंग एजेन्टबाट तेश्रो व्यक्ति प्रयोग गरि पैसा एक लाख अशुली गरेको पाइएको छ । बिभाग टोली आएको थाहा पाए पछि एजेन्टले प्रयोग गरेको तेश्रो व्यक्ति म्यानपावरको गेटबाटै भागेका थिए ।  पिडितको सहयोगमा उनलाई झन्डै ५०० मिटर पर भाग्दै गर्दा समातिएको थियो । 


त्यस्तै सोमबार दिउसो वैदेशिक रोजगार बिभागले ललितपुर स्थित प्याराडाईज इन्टरनेशनल म्यानपावरमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवालाई म्यानपावरका एजेन्टले ८७ हजार लिंदै गर्दा बिभागले फेला पारेको थियो । 

त्यस्तै सोमबार बेलुका सामाखुसी टोखारोड स्थित एसोसियट्स म्यानपावर ग्रुप म्यानपावर कम्पनीमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ । सरकारसंग स्वीकृतिनै नलिएको डिमाण्डमा सयौं युवाहरुलाई पठाउने भन्दै 'म्यानपावर डिमाण्ड' नामक फेसबुक ग्रुपबाट अनाधिकृत प्रचार गरि म्यानपावरले गैरकानुनी रुपमा अन्तर्वार्ता लिदै गरेको गोप्य सुचनाको आधारमा बैदेशिक रोजगारका विभागले छापा मारेको हो ।


बिभाग र मिडियाको टोली अन्तर्वार्ता स्थलमा उपस्थित हुँदा उक्त म्यानपावरका संचालक तथा कर्मचारीहरुको भागाभाग भएको थियो । उक्त म्यानपावरले सयौं युवाहरुलाई कतारको एक कम्पनीमा आकर्षक रोजगारको प्रलोभन देखाई फेसबुकबाट प्रचार गरेर एजेन्टको प्रयोग गरि अन्तर्वार्ता लिएको खुलाशा भएको छ ।


बिभागले उक्त म्यानपावरबाट सम्पूर्ण अन्तर्वार्तामा प्रयोग भएको पासपोर्ट सहित, बिभिन्न कागजातहरु बरामद गरेको छ । सम्बन्धित म्यानपावरलाई कानुन बमोजिम छानबीन गरि कारबही गरिने बैदेशिक रोजगार विभागका अधिकृत चेतन कुमार खत्रीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य