२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्काइवार्ड कन्स्लटेन्सीमा विभागको छापा:युक्रेन पठाउने भन्दै युवाहरुसँग चर्को अशुली

२०७७, १६ फाल्गुन आईतवार ११:२५

फागुन १६, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौँको पुरानो बानेश्वर स्थित स्काइवार्ड एजुकेशन कन्स्लटेन्सीमा छापा मारेको छ। युवाहरुलाई युक्रेन रोजगारमा पठाउन लागेको सूचनाको आधारमा विभागले आइतबार स्काइवार्डमा छापा मारेको हो।


विभागको टोलीले अनुगम गर्ने क्रममा युक्रेन जानको लागि भन्दै आएका एक युवा कन्सल्टेन्सीमै भेटिएका थिए । उनलाई उक्त कन्सल्टेन्सीले विदेश पठाउने भन्दै ६ लाख रुपैयाँ लिने भनिएको पाइएको छ । साझा सवाल मिडियाले कन्सलटेन्सीका संचालकलाई 'यसरी व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा पठाउने अधिकार कन्सल्टेन्सीलाई कसरी भयो ?'  भनेर प्रश्न गर्दा,'सरकारले व्यक्तिगत श्रम स्वीकृतिको नियम किन राखेको ?' भनेर उनले मिडियालाई प्रतिप्रश्न गरे ।


उक्त कन्सल्टेन्सीले प्रतिव्यक्ति धेरै युवाहरुसँग वर्क प्रर्मिट आएको भन्दै रसिद भरपाई समेत दिइएको पाइएको छ । सो क्रममा एक बुक रसिद समेत फेला परेको छ। विभागले स्काइवार्डबाट थप अनुसन्धानका लागि दुई वटा ल्यापटप, सात वटा पासपोर्ट,६ वटा रजिष्टर, केहि नगदी रसिद र रेकर्ड फायलमा भएका कागजातहरु बरामद गरेको छ । 


पछिल्लो समय विभिन्न कन्सल्टेन्सीहरुले व्यक्तिगत श्रम स्वीकृतिद्वारा विदेशमा आकर्षक रोजगारी भन्दै पठाउने गरेको पाइएको छ । यस बिषयमा बैदेशिक रोजगार विभागले प्रत्येक दिन स्टिंङ् अप्रेसन गर्ने गरेको जनाएको छ।

व्यक्तिगत श्रम स्वीकृति गराई अवैधानिक तरिकाले युवाहरुलाई विदेश पठाइ कमाइ गर्न खोज्ने म्यानपावर,सेक्युरिटी अफिस, कन्स्लटेन्सीहरुप्रति विभागले कारबाहीको दायरा बढाएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस