२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली म्यानपावर खडा गरि २३ वर्षीय युवाद्वारा कयौंको पैसा र भविष्यमाथि रजाई ! (फोटो फिचर)

१८ फाल्गुन २०७७, मंगलवार ०३:३६

अनिल अधिकारी | फागुन १८, चितवन | वैदेशिक रोजगार बिभागले उपत्यका बाहिरको अनुगमनलाई तिब्रता दिएको छ । यसै क्रममा वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले चितवनको टाँडीमा एक अवैध  कार्यालयमा छापा मारेको छ ।  


छापा हान्ने क्रममा बिभाग टोलीले रत्ननगर २ स्थित विष्ट कम्प्लेक्सको चौथो तलामा अवैध कार्यालय खोलेर युरोपका बिभिन्न देशमा पठाउने भन्दै पासपोर्ट र पैसा अशुली गरेको खुलेको छ । बिभागले उक्त कार्यालयमा अनुसन्धान गर्ने क्रममा २३ बर्षका फरमान हवारीले अवैध तरिकाले नक्कली म्यानपावर खडा गरि कार्यालय संचालन गरेको भेटिएको छ । हवारीले डायनामिक ग्लोबल रिसोर्स म्यानेजमेन्ट प्रा.लि. नाममा तालिम लगायतको व्यवसाय गर्ने प्रयोजनमा कम्पनी खडा गरेको भए पनि काम भने भिषा सम्बन्धि गर्ने भनि स्थानीय तहलाई समेत झुक्याएर व्यवसाय प्रमाणपत्र दर्ता गरेको पाइएको छ । 


त्यस्तै उक्त कार्यालयका संचालकले वैदेशिक रोजगार बिभागको नक्कली इजाजत पत्र समेत बनाई उक्त कार्यालयलाई इजाजत प्राप्त म्यानपावर भन्दै ठगि गर्ने गरेको समेत भेटिएको छ । बिभागमा महानिर्देशक 'फरमान हजारी' आफैले आफैलाई बनाएर हस्ताक्षर गरि बिभागको इजाजत पत्रको समेत किर्ते गरेको अनुगमनको क्रममा भेटिएको छ । उक्त कार्यालयले युरोप जानको लागि युवाहरुलाई प्रभावमा पार्न वैदेशिक रोजगार बिभागको नक्कली इजाजत पत्र बनाएका हुन् । स्थानीयहरुसँग सोधपुछका क्रममा उक्त कार्यालय म्यानपावरनै रहेको भन्ने भ्रम छरिएको समेत पाइएको छ ।  


त्यस्तै उक्त कार्यालयमा तीन प्रति एसएलसीको किर्ते प्रमाणपत्र समेत फेला परेको छ । त्यस्तै पुलिस रिपोर्ट समेत नक्कली भएको आशंका गर्दै बिभागले बरामद गरेको छ । अवैध रुपमा कार्यालय खडा गरि इजाजत समेत नक्कली बनाई काम गरेको पाइएपछि वैदेशिक रोजगार बिभागले उक्त कार्यालयबाट सीपीयु तीन थान, संचालक आफैले चलाउने गरेको ल्यापटप एक थान, कार्यालयको सिसिटिभीको हार्ड डिस्क एक थान, बिभिन्न देशको डिमाण्ड लेटर भएको दुई थान फाइल, बिभिन्न व्यक्तिहरुको बायोडाटा समेत भएको दुई थान फाइल, अधिकांशसँग पैसा अशुली भईसकेको खुलेको ६७ थान राहदानी,  फोन कल डायरी एक थान, कार्यालय तथा संचालकको प्रमाणपत्रहरु तीन थान, एसएलसीको नक्कली प्रमाणपत्रहरु तीन थान, संकास्पद प्रहरी रिपोर्ट रहेको एक थान फाइल र वैदेशिक रोजगार बिभागको नक्कली इजाजतपत्रको फाइल बरामद गरेको छ । 


बिभागका अनुगमन अधिकृत कुशल बराल नेतृत्वको टोलीले संचालक कार्यालयमा नरहेको अवस्थामा उनका दाजु सलमान हवारी, रत्नगर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरु र उक्त अवैध कार्यालयमा काम गर्दै आएका कर्मचारीहरुको रोहबरमा थप अनुसन्धानको लागि कार्यालयका सामानहरु बरामद गरि काठमाडौँ पठाएको छ ।

छापा मार्ने क्रममा स्थानीय जनप्रतिनिधिहरुले आफ्नो नाकै अगाडी ठगि धन्दाको यति ठूलो माछा हुर्कदै गर्दा आफूहरुलाई थाहा नभएको बताएका छन् । उनीहरुले टाँडी क्षेत्रमा संचालित अधिकांश कन्सलटेन्सीले अवैध काम गरेको हुनसक्ने भन्दै आफ्नो स्थानीय बजार अनुगमनको ध्यान त्यसतर्फ खिचिएको समेत बताएका छन् । 

माथिको तश्विरमा: छापा मार्ने क्रममा अवैध कार्यालयको अवस्थाबारे जानकारी दिन बोलाइएका स्थानीय जनप्रतिनिधिहरु ।



माथिको तश्विरमा: अनुगमनको क्रममा अवैध कार्यालयमा युरोप जाने आशामा बुझ्न आएका युवाहरु ।

माथिको तश्विरमा: अवैध कार्यालय मार्फत वैदेशिक रोजगारमा जानको लागि आवेदन दिएका युवाहरुको सूचि ।

माथिको तश्विरमा: अवैध कार्यालयमा भेटिएको अनाधिकृत डिमाण्ड लेटर ।

माथिको तश्विरमा: अवैध कार्यालयको कम्प्युटरमा भेटिएको डिमाण्ड, आफैले कम्प्युटरमा नक्कली डिमाण्ड बनाई त्यसैलाई देखाएर युवाहरुसँग ठगि भएको पाइएको छ ।

माथिको तश्विरमा: अवैध कार्यालयमा भेटिएको अनाधिकृत डिमाण्ड लेटर ।

यस सम्बन्धित भिडियो रिपोर्ट हेर्न प्रतिक्षा गर्नुहोला, साथै यो लिंकमा क्लिक गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य