२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कतारमा रहेका श्रमिकहरुले नेपाली भाषामै यसरी श्रम कानुन सम्बन्धि जानकारी पाउँने

२०७७, १९ फाल्गुन बुधबार ०५:५६

फागुन १९, काठमाडौँ । विदेशी श्रमिकलाई कतारले श्रम कानुन सम्बन्धि जानकारी नेपाली भाषामा पनि गराउने भएको छ । कतारको  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले नेपाली सहित ६ वटा भाषामा ह्वाट्एप मार्फत नै श्रम कानुन सम्बन्धि जानकारी पाउँन सकिने व्यवस्था गरेको हो ।

श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने जनाइएको छ । 

उक्त व्यवस्था २४ घण्टे सूचना सेवा स्वचालित च्याट प्रणालीबाट लागु हुनेछ भने नेपाली, अरवी, अंग्रजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा उपलब्ध हुने छ । सो सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६ ०६०१ नम्वर मार्फत लिन सकिने जनाएको छ । 

उक्त नम्वरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्वर टाइप गरेर पठाउनु पर्दछ । नेपाली भाषामा सुचना, जानकारी चाहिएमा ५ नम्वर लेखेर पठाउन सकिन्छ । त्यसपछि आफ्नो अधिकारका बारेमा थाहा पाउनुहोस्, कतार भिसा केन्द्र मार्फत आवेदन दिनुहोस्, उजुरीहरु, आवेदन स्थिति, मुख्य प्रश्न र उत्तर, फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु तथा भाषा परिवर्तन गर्नको लागि भन्ने सूचि म्यासेजमा आउँछ ।

उदाहरणका लागि फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु ६ नम्वरमा रहेको छ । म्यासेज बक्समा ६ नम्वर लेखेर पठाएमा प्रशासनिक विकास मन्त्रालय, श्रम तथा सामाजिक मामिला हटलाइन, प्रहरी, आगो र एम्वुलेन्स, जनस्वास्थ्य मन्त्रालय लगायतको जानकारी सहितको म्यासेज प्राप्त हुन्छ । यसैगरी अन्य सेवाहरु लिन सकिने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण