२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले थप्यो प्रतिबन्ध अवधि

२०७७, १९ फाल्गुन बुधबार १०:३९

फागुन १९, काठमाडौँ । कोरोनाभाइरसको महामारी कायमै रहेकाले ओमान सरकारले प्रतिबन्ध अवधि थपेको छ । ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले यसअघि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । 

सो कमिटीले बिहिबार देखि लागु हुने गरी २० मार्चसम्म सम्पूर्ण व्यवसायिक गतिबिधिहरू बेलुकी ८:०० बजेबाट बिहान ५:०० बजेसम्म बन्द गरिने निर्णय गरेको छ । यसअघिको निर्णय अनुसार सार्वजनिक स्थलहरू, पार्कहरू तथा सामुन्द्रिक तटहरूमा भ्रमण गर्न लगाइएको प्रतिबन्ध तथा स्थलमार्गमार्फत प्रवेश गर्न लगाइएको बन्देजलाई पनि अर्को सूचना नआउन्जेल सम्म निरन्तरता दिइएको छ । 

विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ । 

ओमानमा रहेका नेपालीहरुलाई सरकारले जारी गरेका निर्णयलाई पालना गर्न र कोभिड-१९ को जोखिमबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको छ । 

ओमानबाट नेपाल आउने यात्रुहरुले बारकोड लगायत पिसिआर रिपोर्ट मस्कट अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य पेस गर्नु पर्नेभएकाले  यात्रा गर्नु अघि कोभिड-19 संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईटमा https://ccmc.gov.np/arms/person_add_en.php उपलब्ध अनलाईन आगमन फाराम अनिवार्य रूपमा भर्नुपर्ने छ । उक्त फारम बुझाउँदा अनलाईनबाटै प्राप्त हुने बारकोड मोबाइलमा स्क्रिनसट लिएर वा प्रिन्ट गरेर एक प्रति साथमा राख्न दूतावासले भनेको छ । 

ओमानमा रहेका नेपालीहरुले थप जानकारीका लागि 24696177/24696883 वा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस