२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर संचालक आफै ठगिएपछि… !

२०७७, २२ फाल्गुन शनिबार ०८:०८

फागुन २२, काठमाडौँ | कास्कीका दुई युवालाई युकेनमा 'क्रु सिप' मा रोजगारी दिलाईदिने प्रलोभनमा पारेर गोविन्द बस्नेत नाम गरेको व्यक्तिले ३ लाख ४० हजार ठगे । काठमाडौँमा रहेको जोङडोङ म्यानपावर प्रालिमा २०७६ मङ्सिरदेखि पार्टनर बन्छु भन्दै आएका बस्नेतले त्यसयता कयौंलाई ठगि गरेको पाइएको छ । 

बैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार गोविन्द बस्नेत जोङडोङ म्यानपावर प्रालिमा कार्यरत छैनन् तर उनले म्यानपावरमै संचालक भन्दै सोहि म्यानपावरको दोश्रो तलामा म्यानपावरकै कार्यालय प्रयोग गरि युवाहरुलाई प्रभावमा पारि  ठगि गरेको खुलेको छ । साझा सबाल मिडियालाई प्राप्त पछिल्लो सूचना अनुसार कास्कीका प्रेम बहादुर कुँवर र ज्ञानेन्द्र बहादुर गोदार गोविन्द बस्नेत मार्फतनै ठगिएका छन् । उनीहरुलाई बस्नेतले युकेमा 'क्रु-सिप' मा पठाइदिने प्रलोभन देखाएपछि गत भदौमा दुई किस्तामा ३ लाख ४० हजार लिएका थिए । जस मध्ये पिडितहरुले त्यसै म्यानपावरको पुर्व कर्मचारी बताउने कृष्ण प्रसाद काफ्लेलाई १ लाख ४० हजार नगद बुझाएका थिए । त्यसपछि आईएमई मार्फत थप २ लाख बुझाएका थिए । 


लामो समयसम्म रोजगारीमा पठाउन नसकेपछि बस्नेतले दुवैजना पिडितहरुलाई भिसा जस्तो लेटर निकालेर युक्रेन र दक्षिण अफ्रिकामा अप्लाई गरेको तर दक्षिण अफ्रिकामा दुवै जनाको लागि कन्फर्म लेटर आएको भनेका थिए । साथै उनले थप ७ लाख मागेका थिए । पिडितहरुका अनुसार बस्नेतले श्रमनै ननिकाली पठाउने योजना अनुसार काम गरेका थिए तर पिडितहरुले अवैध बाटोबाट नजाने बताए । पिडितहरुले आफ्नो पैसा डिपोजिट गरिदिन आग्रह गरेपछि बस्नेतले अफिसमै आएर कुरा गर्न भन्दै टारेका थिए । पैसा नदिए पछि पिडितहरुले उनि बिरुद्ध उजुरी दिने भनेपछि उनि सम्पर्क बिहिन बनेका छन् । 


पिडितहरुले आधिकारिक म्यानपावरबाटै वैदेशिक रोजगारमा जान खोज्दा ठगिएको भन्दै सम्बन्धित म्यानपावर जिम्मेवार हुनुपर्ने बताएका छन् । साथै म्यानपावरले अनाधिकृत व्यक्तिलाई म्यानपावरमा छिराएको कारण आफूहरु विश्वासमा परेर ठगिएको भन्दै म्यानपावर विरुद्धनै बिभागमा उजुरी दिने बताएका छन् ।

म्यानपावर संचालक आफै ठगिएपछि… 

पिडितहरुको बिषयलाई लिएर जोङडोङ म्यानपावर प्रा.लि.का आधिकारिक संचालक मदन कुमार तामाङलाई सोधपुछ गर्दा संचालकका अनुसार ठगिमा संलग्न बस्नेतले गत २०७६ मङ्सिरदेखि म्यानपावरमा पार्टनर बन्छु भनेको कारण म्यानपावर कार्यालय प्रयोग गर्न दिईएको बताएका छन् । म्यानपावरका संचालक तामाङ मोटरसाइकल दुर्घटनामा परेको कारण लकडाउन एता म्यानपावरमा उपस्थित नभएको फाइदा उठाई बस्नेतले कयौं युवासँग युरोप लगायत बिभिन्न देशमा पठाइदिने भन्दै चर्को रुपमा अग्रिम अशुली गरि ठगि गरेको म्यानपावरका संचालक तामाङले साझा सबाल मिडियालाई बताएका छन् । म्यानपावरका संचालक तामाङले भने 'पार्टनर बन्छु भन्दै आएका बस्नेतले म दुर्घटनामा परेर कार्यालय आउन नपाएको मौका छोपेर केहि सहयोग गरेझैँ गरि कयौंलाई ठगि गरेछन्, अब पिडितहरुले मलाई तनाब दिईरहेका छन् ।'

संचालक तामाङले आफूले बस्नेतलाई कार्यालय प्रवेश गराएर ठूलो गल्ति गरेको स्वीकारे । उनका अनुसार बस्नेतले लकडाउन यता कयौंलाई ठगि गरेको भन्दै गुनाशो आईरहेको भन्दै पिडितहरुलाई न्याय गर्न आफूले नैतिक जिम्मेवारी लिन बाध्य भएको बताए । उनले पिडितहरुलाई आफ्नो सम्पर्कमा आउन आग्रह समेत गरेका छन् । तामाङका अनुसार बस्नेत अहिले भारत फरार भएका छन् । बस्नेतलाई कानुनी कारवाहीको लागि बिभिन्न निकाय गएको म्यानपावर संचालक तामाङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो