२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको हजारौं कोटा म्यानपावरका हातबाट फुत्कन सक्ने, सरकार आफैले पठाउन छलफल चल्दै

२०७७, २४ फाल्गुन सोमबार ०८:४२

फागुन २४, काठमाडौँ | कतार पुलिसमा पठाउन केहि म्यानपावरहरुले अवैध अन्तर्वार्ता लिएपछि कतार रोजगारीको हजारौं कोटा म्यानपावरहरुको हातबाट फुत्कन सक्ने भएको छ । यस सम्बन्धमा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मुख खोलेका छन् । 

वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ पाठ्यक्रमअनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा श्रममन्त्री चौधरीले जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी भएको बारे जानकारी दिएका हुन् । 


उक्त कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कतारको विश्वकपको लागि कतारलाई आवश्यक पर्ने जनशक्ति पठाउन जिटुजी मोडल अपनाउन छलफल चलाएको बारे जानकारी गराएका छन् । सरकार आफैले कतारमा कामदार पठाउनको लागि राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिएका छन् । कतार कामदार पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तबरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसंग छलफल गर्ने तयारी रहेको मन्त्री चौधरीले जानकारी दिएका छन् ।

मन्त्री चौधरीले वैदेशिक रोजगार व्यवसायीलाई अवैध रकम नलिन समेत आग्रह गरेका छन् । मन्त्री चौधरीले म्यानपावर कम्पनीले सर्वसाधारण युवालाई ठगेमा मन्त्रालय र विभागले कारबाही गर्न पछि नहट्ने समेत जानकारी दिए । उनले वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले लाखौँ रकम लिएर रसिद भने १० हजारको मात्र दिने गरेको स्मरण गरे । उनले गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी समेत दिए । 

कतार पुलिसमा पठाएर लाखौँ अशुल्ने योजनामा रहेका गिरोहका कारण म्यानपावरको हातबाट विश्वकपको लागि पठाइने कामदारको कोटा सरकारले खोस्ने तयारी गरेको हो । म्यानपावरहरुले निशुल्क रुपमा कामदार पठाउन सक्ने अवस्था हुँदाहुँदै पनि अस्वस्थ प्रतिश्पर्दा तथा बिदेशी तथा स्वदेशी एजेन्टहरुको प्रभावमा परेर चर्को लागतमा कामदार पठाईरहेको पाइएको छ । यो विषयलाई कतारका सम्बन्धित निकायहरुले समेत ध्यानाकर्षण गरेका छन् । कामदार भर्ति तथा कामदारको सुरक्षा समेतमा धेरै सुधार गरेको कतारले बिदेशी कामदारलाई आफ्नो देशमा कामदारको रुपमा ल्याउँदा निशुल्क ल्याउन चाहिरहेको अवस्थामा नेपाल सरकारको पहललाई कतारका अधिकारीहरुले समेत सहजै स्वीकार गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह