२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: पूर्वस्वीकृति अगावै अन्तर्वार्ता, प्रक्रियाको लागि मात्र विज्ञापन !

२०७७, २ चैत्र सोमबार ०४:१०

अनिल अधिकारी | चैत २, काठमाडौँ | बिभिन्न म्यानपावर कम्पनीहरुले नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिनानै वा बिभागलाई अन्तर्वार्ताको जानकारीनै नगराई अन्तर्वार्ता लिने गरेको पाइएको छ । सरकारी नीतिलाई मिचेर अवैध तरिकाले अन्तर्वार्ता लिएको पाइए बिभागले सिधै सम्बन्धित म्यानपावरलाई कारवाही गर्छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागमा चर्को लागत सम्बन्धि उजुरीहरु बढ्न थालेको र बिभागले उजुरी उपर सिधै सम्बन्धित म्यानपावर कम्पनीमा छापा हान्न थालेपछि कतिपय म्यानपावरहरुले एजेन्ट मार्फत मात्र कामदार छनोट गर्न थालेको पाइएको छ । तिनै एजेन्टहरुबाट ल्याइने कामदारलाई पुर्व-स्वीकृति बिनै बिभिन्न कम्पनीको मागपत्र देखाई अवैध रुपमा अन्तर्वार्ता गरि छनोट गरिराख्ने र पुर्व-स्वीकृति आएपछि पहिलेनै छानिएकाहरुलाई मात्र बैदेशिक रोजगारमा पठाउने गरिएको पाइएको छ । यस्तो प्रवृति बढ्दै जाँदा पछिल्लो पटक बिभिन्न दैनिक पत्रिकामा आउने कतिपय म्यानपावरको डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि सम्पर्क गर्ने कामदारहरुलाई कोटा सकिएको भन्दै प्रतिक्रिया दिने गरिएको छ । 


औपचारिकताको लागि मात्र विज्ञापन ! 

नवलपरासीका एक युवाले गुनाशो गरेका छन् 'बिभिन्न कम्पनीमा रोजगारीको माग भन्दै बिज्ञापनहरु आउने गरेका छन् । अन्तर्वार्ता तोकिएको दिन भन्दा ४/५ दिन अघि फोन सम्पर्क गर्दा कोटा सकिएको भन्दै प्रतिक्रिया आउँछ किन होला ?' यस्तै समस्याबारे कयौं युवाहरुले गुनाशो राखेका छन् । औपचारिकताको लागि मात्र वैदेशिक रोजगारको बिज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा दिने गरिएपछि कयौं युवाहरुको फोन सम्पर्क गर्दा लाग्ने पैसा र समयको बर्बाद भईरहेको छ । 'डिमाण्ड आएको बिज्ञापन आउँछ, त्यसैमा हेरेर फोन गर्दा कतिपय म्यानपावरले फोन उठाउदैनन्, नउठाएपछि कार्यालयमै पुग्यो, कोटा प्याक भई सक्यो, भन्छन् । पत्रिकामा बिज्ञापन आएकै दिन म्यानपावरले डिमाण्ड छैन भन्दै भ्रम छर्ने गरेका छन् ।'

आइतबार सामाखुसी स्थित एक म्यानपावर कम्पनीमा बिभागले छापा मार्ने क्रममा सोमबार फाइनल अन्तर्वार्ताको तयारी गरिएको भेट्यो । जुन अन्तर्वार्ताको लागि सम्बन्धित म्यानपावरले बिभागसँग अनुमतिनै लिएको थिएन । सरकारी प्रक्रियाबारे जानाकार युवाहरुले उक्त म्यानपावरले अवैध अन्तर्वार्ता लिएको आशंका गर्दै बिभागलाई सूचना दिएका थिए । अन्तर्वार्ताको लागि आएकाहरु सबै एजेन्ट मार्फत आएका थिए । 


कतिपय म्यानपावरहरुले पहिलेनै कामदार छनोट गरि सकेर औपचारिकता पुरा गर्न मात्र डिमाण्डहरु पत्रिकामा हाल्ने गरेको गुनाशो पछिल्लो पटक बढेपछि बिभागको समेत ध्यान त्यसतर्फ तानिएको बिभागका एक अधिकारीले बताएका छन् । उनले भने 'हामी आफै कामदार जस्तो बनेर छड्के गर्नुपर्ने स्थिति आएको छ ।' 

पछिल्लो समय कतिपय म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार अन्तर्गत आउने माग अनुसारको बिज्ञापन सकेसम्म सर्वसाधारणलाई देखाउन चाहदैनन् । यसको मतलव त्यस्ता म्यानपावर कम्पनीहरुले एजेन्टहरु मार्फत मात्र कामदारहरु छनोट गर्ने गरेका छन् । केहि म्यानपावरहरुले बिज्ञापनहरु सार्वजनिक नहोस् भन्नको लागि सकेसम्म जनताको पहुँच कम भएका दैनिक पत्रिकामा मात्र डिमाण्ड दिने गरिएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस