२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौरिससबाट डिमाण्ड आउन थाल्यो, दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण गर्न समस्या

३ चैत्र २०७७, मंगलवार ०४:३८

मनोज पराजुली । चैत्र ३, काठमाडौँ । वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मौरिससबाट मागपत्र (डिमाण्ड) आउन थालेको छ । नेपाल र मौरिसस बिच श्रम समझदारी भएको झन्डै २ वर्षपछि म्यानपावर कम्पनीले मौरिससबाट डिमाण्ड ल्याउन शुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच २०७६ जेठ २८ मा श्रम समझदारी भएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको थियो । उक्त समझदारीले मौरिसस जाने नेपाली श्रमिकको रोजगारीको सुरक्षाका लागि आधार तयार गरेको थियो । सो पश्च्यात 

पछिल्लो समय मौरिससबाट ३७ जनाको माग आएको छ । काठमाडौँको सोल्टीमोडमा रहेको हेल्प ओभरसिज प्रा. लि. ले मौरिससको लागि १७ जनाको Garment Embroider को डिमाण्ड ल्याएको हो । हेल्प ओभरसिजले मौरिससको JETHA TULSIDAS AND SONS MTIUS LTD कम्पनीको लागि (लट नम्बर २३५३७८) Garment Embroider को डिमाण्ड ल्याएको हो । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ फागुन २८ गते डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ ।  न्यूनतम मासिक तलब ४० हजार ६ सय  रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि २ वर्षको हुने उल्लेख छ ।

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस् 

विज्ञापन अनुसार अन्तर्वार्ता चैत्र ९ गते म्यानपावर कार्यालयमा हुनेछ । स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क, भिसा स्ट्यापिङ्ग शुल्क वापतको शुल्क श्रमिकले व्यहोर्नुपर्ने म्यानपावर कम्पनीले जनाएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीलाई १९ हजार ९ सय तिर्नु पर्ने जनाईएको छ । सोहि म्यानपावर कम्पनीले कोल्ड रुम टेक्निसियन पदका लागि २० जनाको डिमाण्ड पनि ल्याएको जनाएको छ । यसअघि मौरिससका लागि जस्मिन इन्टर्नेशनल प्रा. लि. ले म्यासन, कार्पेन्टर लगायत विभिन्न पदका लागि डिमाण्ड ल्याएको थियो ।

डिमाण्ड प्रमाणीकरण गर्न समस्या छ : व्यवसायी 

वैदेशिक रोजगारीमा श्रमिक पठाउनको लागि म्यानपावर कम्पनीले अनिवार्य रुपमा सम्बन्धित देशमा रहेको दुतावास वा सो देशको लागि हेर्ने अन्य देशमा रहेको नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण गर्नुपर्छ । तर मौरिससमा नेपाली दुतावास नभएका कारण चाहेर पनि व्यवसायीले सहज तरिकाले डिमाण्ड ल्याउन सक्ने अवस्था नभएको हेल्प ओभरसिजका संचालक दिनेश कुमार डंगोलले साझा सवाललाई बताए । रोजगारदातालाई निर्धारित समयमा नै श्रमिक आपूर्ति गर्न चाहन्छन् तर नेपालको नियम अनुसार डिमाण्ड प्रमाणीकरण गर्न रोजगारदाता दक्षिण अफ्रिकामा रहेको नेपाली दुतावास पुग्नुपर्छ उनले भने “सरकारले दुतावास नभएका देशका हकमा आवश्यक सहजीकरण गरिदिए सहज तरिकाले मौरिससबाट डिमाण्ड ल्याउन सकिने सम्भावना रहेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो