२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनेको संख्या बढ्यो

२०७७, ३ चैत्र मंगलवार ११:१०

चैत ३, काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २८ गते सम्मको साप्ताहिक प्रगति बिवरण अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको हो । 

मन्त्रालयको साप्ताहिक प्रगति विवरण अनुसार यो हप्ता पुनः श्रम स्वीकृति लिनेको संख्या २ हजार ९ सय ८८ जना रहेको छ । यो संख्या गत हप्ताको तुलनामा करिब दुई सय बढी हो । गत हप्ता २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै व्यक्तिगत र संस्थागत तर्फ २ हजार २ सय ६२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो हप्ता व्यक्तिगत र संस्थागत तर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या २ हजार ३ सय ८९ रहेको थियो । यो हप्ता १ सय ९७ बैधानिककरण गरिएको छ ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि ४७ हजार ९ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत र संस्थागत तर्फ २६ हजार ८ सय ३५ जनाले नयाँ श्रम स्वीकृति लिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ