२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको लागि फागुनमा ९ हजार १ सय ४६ नेपाली विदेशिए,कुन् देश कति ?

२०७७, ४ चैत्र बुधबार ११:१८

चैत ४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण कायमै रहेपनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या भने कायमै रहेको छ । कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्र र गुमेको रोजगारीका कारण विदेशिने नेपाली युवाहरुको संख्या कायमै रहेको छ ।

विशेषगरी खाडी मुलुकहरु नेपाली श्रमिकका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएका छन् । पछिल्लो समय कोरोना भाइरसबिरुद्धको खोप प्रयोगमा आएसंगै खाडी मुलुकहरुबाट पनि रोजगारदाता कम्पनीहरुले श्रमिकको माग गरिरेहका छन् ।

फागुन महिनामा ९ हजार १ सय ४६ जना नेपालीहरुले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सो महिनामा ८ हजार ३ सय १६ जना पुरुष र ८ सय ३० जना महिलाले रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

माघ महिनाको तुलनमा फागुन महिनमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको विभागको तथ्यांक छ । माघ महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले श्रम स्वीकृति लिएका थिए । यसरी श्रमिकहरु विदेशिनेमा खाडीका मुलुकहरु रहेका छन् । 

फागुनमा सबैभन्दा बढी कतारको लागि श्रमिकले स्वीकृति लिएका छन् । यस्तै संयुक्त अर्ब इमिरेट्स,साउदी अर्ब,ओमान,रोमानिया लगायतका देशहरु रोजगारीको लागि जाने श्रमिकको संख्या बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

सो महिना कतारको लागि ४ हजार ७४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि संयुक्त अर्ब इमिरेट्समा १३ सय १० पुरुष र १ सय ७४ महिला गरी १ हजार ४ सय ८५ जना विदेशिएका छन् । तेस्रोमा नेपाली श्रमिकका लागि साउदी अर्ब रोजगारीको आकर्षक गन्तव्य बनेको छ । सो महिना १४ सय २४ जनाले साउदीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

बहराइन ४ सय ४५,ओमान २ सय ८६, जोडन १ सय ९५, साइप्रस १ सय १७ र अफगानिस्तानको लागि १ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । विशेष गरी नेपालीहरुको रोजाइमा खाडी मुलुक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त