२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघले भन्यो,श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने काम रोकिनु पर्छ

२०७७, ८ चैत्र आईतवार ०८:४६

चैत ८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने कार्य अविलम्ब रोक्न माग गरेको छ । आइतबार संघका अध्यक्ष बिष्णु प्रसाद गैरेले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानेगरेकोप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको बताएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका केही कर्मचारीबाट पर्यटकको रुपमा जाने आर्थिक हैसियत समेत नभएका व्यक्तिहरुलाई निगरानी नै नगरी निर्वाध रुपमा प्रस्थान अनुमति दिने गरेको पाइएकोले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने कार्य रोकिनुपर्ने संघको छ ।

विगत केहि समयदेखि नेपाली नागरिकहरु पारिवारिक भेट तथा भ्रमण भिसा (Visit, Tourist Visa) मा संयुक्त अरब इमिरेटेस (UAE) लगायतका देशमा जाने र त्यसरी जानेमध्ये अधिकांश व्यक्तिहरुको मुख्य उदेश्य वैदेशिक रोजगारी रहेको पाइएको छ । 

भ्रमण भिसामा विदेश जाने र अवैधानिक रुपमा रोजगारी गर्ने प्रवृत्तिले संकट निम्त्याउने देखिएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग सरकारका जिम्मेवार निकायहरुमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्मरण गराएको छ ।

युएई लगायतका देशले वैधानिक रुपमा नेपाली कामदार लिन चाहे पनि नेपाली दूतावासले वैदेशिक रोजगार मागपत्र जाँचबुझ निर्देशिका २०७४ ले तोकेको समय अवधिमा मागपत्र प्रमाणीकरण नगरेकाले वैधानिक रुपमा श्रम स्विकृति लिई व्यवसायीहरुले कामदार पठाउन नपाएको उनीहरुको गुनासो छ । यसरी रोजगार आकांक्षी नागरिकहरु विमा नगरी, कल्याणकारी कोषमा समेत आवद्ध नभई पर्यटक भिसाको जोखिमपूर्ण अवस्थामा विदेश जाने समेत गरेको पाइएको छ । 

पर्यटक भिसामा जादा विदेशमा काम नपाए, दुर्घटना, अंगभंग वा मृत्यु भएमा क्षतिपूर्ति रकम समेत नपाउने भएकाले यसलाई निरुत्साहित नगरे विकराल मानवीय संकट उत्पन्न हुने भन्दै संघले विदेशस्थित नेपाली नियोगहरुमाथि अनावश्यक दवाव समेत पर्ने जनाएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावलीले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण