२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट १५६ जनाको उद्दार

२०७७, ९ चैत्र सोमबार ०५:४८

चैत ९, काठमाडौँ । कोभिड–१९ का कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उद्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।

कोभिड–१९ का कारण समस्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिकट उपलव्ध गराउन तथा गन्तव्य मुलुकमा खाद्यान्न समस्या परेकाहरुलाई खाद्यान्नको व्यवस्था गर्न ति मुलुक स्थित दूतावासहरुलाई जिम्मेवारी दिइएको थियो । सरकारले दूतावासले फस्र्यौट गर्नेगरी खर्च माग गरे बमोजिम वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोषको रकम पठाउने व्यवस्था गरेको थियो ।

वोर्डका प्रवक्ता समेत रहेका उपसचिव दीनबन्धु सुवेदीका अनुसार सो समयमा सवैभन्दा धेरै व्यक्तिका लागि सहयोग मलेशिया स्थित नेपाली दूतावासले लिएको छ । कोभिड–१९ का कारण समस्यामा परेका ८६ जना नेपालीको उद्दारका लागि सो दूतावासले कल्याणकारी कोषको रकम प्रयोग गरेको छ । युएई स्थित नेपाली दूतावासले ५२ जना नेपालीलाई सहयोगका लागि रकम लिएको छ भनें बहराइन स्थित नेपाली दूतावासले १८ जना नेपालीलाई सहयोग गरेको हो ।

यसैगरी आफैं टिकट काटेर वा अन्य माध्यमबाट सहयोग लिई नेपाल आएर होल्डिङ सेण्टरमा बसेका मध्ये १ सय ८७ जनालाई पनि सहयोग उपलव्ध गराइएको बोर्डले जनाएको छ । यसका लागि १ लाख ९७ हजार १ सय रकम खर्च गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु