२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार सम्बन्धि गुनासो बढी,श्रम कल सेन्टरमा गुनासो कसरी राख्ने ?

२०७७, १० चैत्र मंगलवार ०७:४८

चैत १०, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु भोग्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रम कल सेन्टरमा श्रमिकले आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पनि बढेको हो ।

पछिल्लो दुई दिन आइतबार र सोमबार मात्रै वैदेशिक रोजगार सम्बन्धि विभिन्न ३२ वटा गुनासोहरु श्रम मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा आएको कल सेन्टरले जनाएको छ । कल सेन्टरका अनुसार सबैभन्दा बढी विदेशमा मृत्यु भएका कामदारको परिवार सदस्यलाई आर्थिक सहायता सम्बन्धि गुनासोहरु आएका छन् ।  

विदेशमा अलपत्र परेको कामदारको उद्धार एउटा,बैदेशिक रोजगार सम्बन्धि सोधपुछ ५ वटा,भनिएको जस्तो सेवा सुबिधा नपाएकोमा दुई वटा,सिप सम्बन्धि सोधपुछ,बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता,व्यक्ति सम्पर्कमा नरहेको एक-एक वटा गुनासो दर्ता भएका हुन् । यस्तै सामान्य सोधपुछ ३ र अन्य विषयमा १२ गरी कुल ३२ वटा गुनासो दुई दिनमा मन्त्रलायका विभिन्न कार्यालयहरुमा दर्ता भएका छन् । तपाईको पनि वैदेशिक रोजगारी सम्बन्धि केहि गुनासो छ भने श्रम कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ । त्यसको लागि http://202.45.146.35/home यो लिंकमा क्लिक गरेर विभिन्न माध्यम अनलाइन,फेसबुक,ट्वीटर,फोन,भाइबर र इमोबाट आफ्नो गुनासो राख्न सक्नुहुन्छ ।

सो लिंकमा क्लिक गरिसकेपछि 'गुनासोको लागि उपलब्ध च्यानलहरू' दिइएको छ त्यसको मुनितिर अनलाइन,फेसबुक,ट्वीटर,फोन,भाइबर र इमो लगायतका संकेतहरु देख्न सकिन्छ । त्यँहा क्लिक गरेर श्रमिकले कल सेन्टरमा आफ्नो गुनासो दर्ता गराउन वा फोनबाट राख्न सकिन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना संचार प्रविधीमा आधारित उजुरी/गुनासो व्यस्थापनक लागि श्रम कल सेन्टर बनाइएको हो । जसमा वैदेशिक रोजगार सम्बन्धि विभिन्न गुनासो राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस