२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्को लागत माग्ने म्यानपावरमा अनुगमन, पैसा लिने क्रममा मोवाइल निषेध ! (भिडियो सहित)

२०७७, १३ चैत्र शुक्रबार १९:४६

चैत १४, काठमाडौँ | वैदेशिक रोजगार बिभागले शुक्रबार धुम्बाराहीस्थित प्यारागन एचआर म्यानेजमेन्ट प्रा.लि. मा अनुगमन गरेको छ । कतार जान लागेका तीन जना युवाहरुसँग प्रतिव्यक्ति दूई लाख १५ हजार लागत रकम मागेको उजुरीको आधारमा बिभागले शुक्रबार दिउसो उक्त म्यानपावरमा अनुगमन गरेको हो । 


अनुगमनको क्रममा म्यानपावरले मागे बमोजिमको रकम बुझाउने क्रममा गएका पिडितहरुलाई म्यानपावर संचालिका सुनिता श्रेष्ठले मोबाइल रिसेप्सनमै राखेर मात्र आफ्नो कार्य क्षेत्रमा छिर्न निर्देशन दिएकी थिइन् । पिडितहरुले संचालिकालाई पैसा बुझाए लगत्तै बिभागको अनुगमन टोली उनको कार्यकक्षमा पुगेको थियो । बिभाग टोली पुग्दा संचालिका श्रेष्ठले पिडितहरुबाट लिएको पैसा राख्न समेत भ्याएकि थिइनन् । बिभाग पुगे लगत्तै संचालिका श्रेष्ठले सुरुमा आफूले पैसा लिएको स्वीकारेपनि पछि घटनालाई मोड्न पिडितहरु आफैले पैसा टेवलमा राखिदिएको आशय व्यक्त गरेकी थिइन् । 

माथिको तश्विरमा: पिडितहरुबाट म्यानपावरले लिएको रकमको भेरिफाइ गर्ने क्रममा अनुगमन अधिकारीहरु, साथमा म्यानपावर संचालिका ।

बिभाग टोलिसंगै म्यानपावरमा पुगेका पिडीतहरुलाई म्यानपावरमा मोबाइल प्रयोग गर्न कि निषेध गरेको भन्ने प्रश्नमा संचालिका श्रेष्ठले आफ्नो कार्यालयमा मोबाइल छिराउन नदिने सिस्टम सुरु भएको बताएकी थिइन् । पिडित युवाहरुले भने पैसा बुझाउन बोलाएकोले मोबाइल छिराउन नदिएको बताएका छन् । 

म्यानपावरले चर्को लागत मागेपछि बैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका युवाहरुलाई सम्बन्धित म्यानपावरमा अनुगमन पछि बैदेशिक रोजगार बिभागले सरकारले तोकेकै लागतमा वैदेशिक रोजगारमा पठाउन निर्देशन दिएको छ ।

माथिको तश्विरमा: पिडितहरुलाई बैदेशिक रोजगारको लागि सम्पूर्ण आवश्यक कागजात दिलाउँदै बिभागबाट अनुगमनमा खटिएका एक अधिकारी ।

साथै विभागले तत्कालै म्यानपावर मार्फत तीनै जना युवाहरुलाई म्यानपावरबाट वैदेशिक रोजगारमा उडानको सम्पूर्ण कागजात तथा पासपोर्ट दिलाएर पठाएको छ । युवाहरुले म्यानपावरलाई पहिलेनै बुझाएको अग्रिम रकम समेत आगामी सोमबार म्यानपावरबाट पिडितहरुका आफन्तला ई फिर्ता गराइने बिभागका अनुगमन अधिकारी मातृका सापकोटाले बताएका छन् ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ मा गरेको निर्णय अनुसार मलेसिया सहित खाडीका ६ देशमा जाँदा बढीमा १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था छ । यस व्यवस्थाको विपक्षमा रहेर वैदेशिक रोजगार व्यवसायीहरु चलिरहेका छन् । सरकारले फ्री भिसा, टिकटको नीति लिएपछि व्यवसायीहरुले सेवा शुल्कबापत कम्तिमा कामदारको एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउने माग राख्दै आएका छन् । तर कतिपय म्यानपावर कम्पनीहरुले आफ्नै मागलाई समेत कुल्चिएर वैदेशिक रोजगारमा जाने कामदारसँग कम्तिमा ४ महिना भन्दा बढीको तलब बराबरको सेवा शुल्क उठाउने गरेका छन् । सेक्युरिटी गार्डहरुको हकमा झन् कामदारले १० महिनासम्म विदेशमा गएर कमाएको पैसाले समेत म्यानपावर/एजेन्टहरुले लिएको लागतलाई पूर्ति गर्न नसक्ने अवस्था छ । पछिल्लो समय यस्ता क्रियाकलापको उजुरी लगत्तै वैदेशिक रोजगार बिभागले अनुगमन टोली खटाउने गरेको वैदेशिक रोजगार बिभागमा शाखा अधिकृत मात्रिका सापकोटाले बताएका छन् । 

भिडियो रिपोर्ट हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण